News Portal

  • भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङविरुद्ध ५० करोड बिगोका दुई भ्रष्टाचार मुद्दा

    भक्तपुरपोष्ट संवाददाता२२ माघ २०७६
    १०६८ पटक
    २२ माघ २०७६

    काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक अर्थात भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिका मालिक मीनबहादुर गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचारका दुई मुद्दा दर्ता भएका छन्।

    बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका सञ्चालक गुरुङविरुद्ध बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० करोड बिगो दावी गर्दै भ्रष्टाचारका दुई मुद्दा दायर गरेको हो।

    अख्तियारले दायर गरेका दुई मुद्दामध्ये पहिलोमा ३९ करोड २७ लाख ६७ हजार रुपैंया बिगो दावी गरिएको छ भने अर्कोमा ११ करोड २० लाख रुपैंया बिगो दावी गरेको हो।

    ३९ करोड २७ लाख ६७ हजार रुपैंया विगो दावी भएको मुद्दामा उनलाई उनी आफैँ जग्गा दलाली गरेको र जग्गा आफैँले पनि प्रयोगमा ल्याएको उल्लेख छ। उनको गोदाम हाउस समेत हाल सोही जग्गामा अवस्थित छ।

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...