News Portal

  • नेपालसँग अमेरिका पराजित

    भक्तपुरपोष्ट संवाददाता२५ माघ २०७६
    ८२९ पटक
    २५ माघ २०७६

    काठमाडौं ।  आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालसँग अमेरिका पराजित भएको छ । शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा  पहिला ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध  ३५ रनको जित निकालेको हो।

    अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि  पहिलो ब्याटिङ गरेको नेपालले ४९ दशमलव दुई ओभर खेल्दै १९० रन बनाएको थियो।  नेपालका लागि करण केसीले चार विकेट लिए भने सुशन भारी तीन विकेट लिए। सन्दीप लामिछाने दुई विकेट लिए । कुशल मल्लले एक विकेट लिए।

    खराब सुरुवात गरेको नेपालले अमेरिकालाई १९० रनको चुनौती दिएको थियो। नेपालका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि सुवास खकुरेल तीन रनमै पभेलियन फर्किए। कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए। उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पभेलियन फर्किए। पारस खड्का १९ रनमा आउट भए। खेलको २१औँ ओभरमा आरिफ शेख दुई रन बनाएर पभेलियन फर्किए।

    बायाँ हाते अलराउण्डर कुशल मल्लले ५१ बल खेल्दै ५० रन बनाए बनाएर नयाँ रेकर्ड बनाए।तीन छक्का र चार चौकासमेत प्रहार गर्दै कुशलले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका हुन्।

    यस्तै विनोद भण्डारीले ५९ रन बनाए। उनले ७९ बल खेल्दै एक छक्का र छ चौका हाने। करन केसीले १२ तथा सुशन भारीले ११ रन बनाए।अमेरिकाका लागि क्यामरोन स्टिभनले तीन तथा रुस्टी थेरन र कप्तान सौरभ नेत्रवल्कारले दुई दुई विकेट लिए। करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले एक–एक विकेट लिए।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...