News Portal

  • नवलपरासीमा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाता२९ माघ २०७६
    ५६६ पटक
    २९ माघ २०७६

    नवलपरासी । पूर्वी नवलपरासीको बुलिङटारस्थित छरछरेमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा २२ वर्षीय नरबहादुर सुस्लिङ्ग, ५९ वर्षीय यमान सिंङ सुस्लिङ, ४० वर्षीय पूर्णबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनिहरु सबै बुलिङटार गाउँपालिका ३ का बासिन्दा हुन ।

    दुर्घटनामा घाइते भएका ट्याक्टर चालक बलबहादुर झेडी मगर, ४० वर्षीय छालबहादुर सारु मगर, २९ वर्षीय विमलराज सुस्लिङ्ग मगर र ११ वर्षीय सन्दिप सारु मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनिहरुको पूरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...