News Portal

  • स्ववियु चुनाव अनिश्चितकालका लागि सर्‍यो

    भक्तपुरपोष्ट संवाददाता६ फागुन २०७६
    ५६२ पटक
    ६ फागुन २०७६

     

    काठमाडौं  ।  त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा फागुन महिनाभित्र गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अनिश्चित कालका लागि सारेको छ । त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारण देखाउँदै तुनावको मिति अनिश्चित कालका लागि  सारेको हो ।

    त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर मगरले नयाँ सूचना सार्वजनिक नहुँदासम्मका लागि अनिश्चित कालका लागि चुनाव स्थगित भएको जानकारी दिए ।

    त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद शाखा र नेपाल विद्यार्थीसँग त्रिवि समितिबीच फागुनभित्रै चुनाव गर्ने सहमति पुस २० गते भएको थियो ।  यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो। त्यतिखेर निर्वाचित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १३ गतेसम्म मात्र थप गरिएको छ।

    २०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो। त्रिविमा ६२ वटा आंगिक तथा एक हजार भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन्।  आंगिकमध्ये केहि क्याम्पसमा २०७३ सालमा पनि चुनाव भएको थिएन। सम्बन्धन प्राप्तमध्ये पचास प्रतिशतभन्दा बढी क्याम्पसमा चुनाव भएको छैन।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...