News Portal

  • सत्तारुढ दल नेकपाको एमसीसी अध्ययन कार्यदलद्वारा प्रतिवेदन पेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ फागुन
    ७५७ पटक
    भक्तपुर, ९ फागुन

    सत्तारुढ दल नेपाल कम्युनिष्ट  पार्टी(नेकपा) को एमसीसी अध्ययन कार्यदलले प्रतिवेदन पेश गरेको छ ।  मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) बारे अध्ययन र सुझावका लागि बनेको कार्यदलले  प्रतिवेदन पेश गरेको हो ।

    शुक्रवार कार्यदलले पार्टी अध्यक्ष द्वयलाई प्रतिवेदन पेश गरेको कार्यदलका एक सदस्य नेता भीम रावलले पुष्टि गरे । यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने रतिवेदनाले सुझाव दिएको बताइएको छ ।

    प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी  शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  लाई बुझाइएको प्रतिवेदनमा एमसीसीमा समेटिएका केही बुँदाहरू संशोधन गरेर मात्रै सम्झौता अनुमोदन गर्नुपर्ने सुझाव दीएको छ ।

    पार्टी वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको कार्यदलले यसतो प्रतिवेदन दिएको हो ।

    नेकपा केन्द्रीय कमिटीको माघ १५ देखि १९ गतेसम्म बसेको बैठकमा अहिलेकै एमसीसीबारे प्रश्न उठेपछि कार्यदल बनाइएको थियो।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...