News Portal

  • शुक्रवार अचम्मै भयो : लालीगुराँसका विद्यार्थीले मोबाइल फ्याँके

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ फागुन
    १४४४ पटक
    भक्तपुर, १७ फागुन

    बालबालिकाहरु मोबाइल भनेपछि हुरुक्कै हुन्छन । बालबालिकाको मोबाइल हेर्ने र खेल्ने लतले प्राय: अभिभावकहरु हैरान भएका छन् । तर, शुक्रवार अचम्मै भयो । कोटेश्वरको नरेफाँटमा रहेको लालीगुराँस बाटिका माध्यमिक विद्यालयका विद्यार्थीहरुले मोबाइल हेरेनन् बरु फ्याकिदिए । उनीहरुले मोबाइलमा झुम्मिने बानीले आफूहरुको सृजनशीलता हराएको र खुशी हुन नसकिएको निष्कर्ष सहित मोबाइल फ्याकेपछी अभिभावकहरु दंग देखिए ।

    यसरी मोबाइल फ्याक्ने विद्यार्थीहरु कक्षा २ मा अध्ययनरत विद्यार्थीहरु हुन । तर, शुक्रवार उनीहरुले विद्यालयको १४औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको नाटकमा मोबाइल फ्याकेका हुन् । विद्यार्थीहरुले अभिनय गरेर मोबाइलको प्रयोग अघि र पछिको अवस्था प्रस्तुत गरेका थिए । मन्चमा दुई समूह भएर देखा परेका उनीहरु मध्ये एउटा जतिबेला पनि मोबाइल्मै झुम्मिने र अर्को मोबाइलको दुनियाबाट टाढा रहेको थियो ।

    मोबाइलमा नझुम्मिने समूह सृजनशील, सामूहिक भावना भएको , समाज संग घुलामिली रहेको र पारिवारिक रुपमा खुशी देखिएको थियो । त्यसैले मोबाइलमा झुम्मिने समूहले मोबाइल फ्याकेर आफूहरु पनि मौलिक रुपमै खुशी हुने उपाय रोजेका थिए ।

    उनीहरुको नाटक हेरेपछि अभिभावक दंग देखिए । शिक्षा विकाश तथा समन्वय इकाई काठमाडौका प्रमुख रहेका प्रमुख अतिथि नन्दलाल पौडेलको अनुहारमा पनि खुशी प्रष्टै देखियो । कार्यक्रममा इकाई प्रमुख पौडेलले विद्यार्थीहरु सृजनशील र आत्मनिर्भर हुन नसकेको गुनासो गर्दै त्यसको कारणमा अभिभावकले बालबालिकालाई शान्त पार्ने नाउँमा मोबाइलको जिम्मा लगाइदिएको बताएका थिए । मोबाइलको सकारात्मक प्रयोग सिकाउन नसक्दा बालबालिकाहरु मोबाइलको अधिनमा पुग्ने खतरा तर्फ उनले सचेत गराएका थिए । उनको सम्बोधन लगत्तै भएको नाटक मोबाइल संगै सम्बन्धित भएपछि पौडेलले चाख मानेर हेरेका थिए भने संदेशबाट आफू प्रभावित भएको प्रतिक्रिया दिए ।

    विद्यालयको १४औँ वार्षिकोत्सवको उद्घाटन र पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि रहेका इकाई प्रमुख पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय र अभिभावकले सधै विद्यार्थीलाई सकारात्मक उत्प्रेरणा दिनुपर्ने सुझाव दिएका थिए । पढाइ र नम्बरको पछि भाग्नु नहुने भन्दै उनले हरेक विद्यार्थीमा फरक क्षमता हुने र त्यसलाई पहिचान गर्न सक्नुपर्ने आवश्यकता औल्याए ।

    ” बालबालिकालाई अर्को संग तुलना नगरौं । उनीहरु भित्रको क्षमता पहिचान गरी अवसर प्रदान गरौँ ।” उनले भने । विद्यार्थीहरु माथिल्लो कक्षा चढे संगै पढाइमा कमजोर देखिनुमा उनीहरुको स्तर घटेको नभई पढ्ने विषयबस्तुको दायरा बढेको अर्थमा बुझ्न पनि उनले अपिल गरे । उक्त अवसरमा इकाई प्रमुख पौडेलले लालीगुराँस वाटिका विद्यालयबाट आफू प्रभावित भएको भन्दै उक्त विद्यालयमा यस वर्ष संचालन हुने एसईईको परीक्षा केन्द्र राख्ने योजना रहेको समेत खुलासा गरे । सम्बोधनको धेरै समय उनले धेरैजसो निजी विद्यालय समाजसंग नजोदिएको र शिक्षाको नाममा ब्यापार मात्र गरिरहेको आरोप लगाएका थिए ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि सिवाकोटीले आफूहरुले आर्थिक नाफाको लागि विद्यालय संचालन नगरेको जिकिर गरे ।” हाम्रो विद्यालयमा ४० जनाको लगानी रहेको छ र सबैको एउतै मत छ शिक्षामार्फत सेवा गर्ने । नाफाको लागि यो विद्यालय संचालन भएको होइन । उनले भने । आफूहरुले गरिव, जेहेन्दार, भुकम्प पिडित लगायत विद्यार्थीलाई निशुल्क शिक्षा दिइरहेको जानकारी गराउदै सिवाकोटीले लालीगुराँस सामुदायिक विद्यालय राम्रो नहुँदा सम्म मात्र संचालन गर्ने लक्ष रहेको भन्दै आफूहरु सामुदायिक विद्यालयकै पक्षपाती रहेको दावी गरेका थिए ।

    विद्यालय संचालक समितिका अध्यक्ष एवं शिक्षाकर्मी अवलेश कुमार गुप्ताको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिको रुपमा इकाई प्रमुख पौडेल रहेका थिए भने विशेष अतिथि भने अभिभावक समेत रहेका नेकपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ त्यसैगरी अर्का अभिभावक एवं सहप्राध्यापक उमेश लम्साल लगायत रहेका थिए ।

    उक्त अवसरमा कक्ष ४ सम्मका विद्यार्थीहरुले नाटक, गीत, नृत्य, कविता बाचन एवं मार्सल आर्ट लगायत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने संस्कृतका श्लोक वाचन गर्नुका साथै ओम मन्त्रोच्चारण मार्फत योगाको अभ्यास पनि गरे ।

    करिब १ हजार विद्यार्थी रहेको उक्त विद्यालयले कक्षा पाँच देखि कक्षा १२ सम्मका विद्यार्थी सहभागी गराएर दोश्रो दिनको वार्षिकोत्सव कार्यक्रम शनिवार गर्ने कार्यक्रम रहेको विद्यालयका निर्देशक शुदर्शन पराजुलीले बताए । पराजुलीका अनुसार शनिवार धुर्मुस सुन्तली फाउन्डेसनमार्फत निर्माणाधीन गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गर्ने कार्यक्रम समेत तय गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...