News Portal

  • नेपाली कांग्रेसमा आमन्त्रित समेत गरी ८ जना केन्द्रीय सदस्यमा मनोनीत

    भक्तपुरपोस्ट संवाददाता
    ९१९ पटक

    नेपाली कांग्रेसमा आमन्त्रित समेत गरी ८ जना केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले उनीहरुलाई मनोनीत गरेका हुन् ।

    सोमबार जारी कांग्रेसको विज्ञप्तिमा ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको भनिएको छ ।

    विगतमा फरक राजनीतिक दल बाट काँग्रेस प्रवेश गरेका नेताहरुले उक्त पद पाएका हुन् । फरक पार्टीमा रहँदा केन्द्रीय नेतृत्वमा रहेका र त्यस्तो राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई काँग्रेसले जिम्मेवारी दिएको हो ।

    नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) र (ङ) बमोजिम उनीहरुलाई पार्टी केन्द्रीय कार्यसमितिको सदस्य र आमन्त्रित सदस्यमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    मनोनीत भएका केन्द्रीय सदस्यमा जंगीलाल राय (सर्लाही) र कर्णबहादुर बुढा (डोल्पा) रहेका छन् ।
    आमन्त्रित केन्द्रीय सदस्यहरूमा मोहनसिंह राठौर (कैलाली), शम्भुलाल श्रेष्ठ (सर्लाही), अभिषेक प्रताप शाह (कपिलवस्तु), दयाराम पाण्डे (लम्जुङ), जनकराज कलौनी (डडेल्धुरा), भूमिबहादुर गुरुङ्ग (स्याङ्जा) रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...