News Portal

  • वामदेवको राष्ट्रियसभा यात्रा अन्योलमा

    भक्तपुरपोष्ट संवाददाता२० फागुन २०७६
    ७०१ पटक
    २० फागुन २०७६

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया तत्काललाई अवरुद्ध भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएपछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया अन्योलमा परेको हो ।

    गत साता बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत अर्थमन्त्री डा। युवराज खतिवडाको समय सकिएपछि सोही स्थानमा गौतमलाई लैजाने तयारी भएको थियो। खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल मंगलबारबाट सकिएको छ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनयन हुने कोटामा पार्टीको सचिवालय बैठकले गौतमलाई पठाउने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले सचिवालयको बैठकबाट भएको निर्णय नमान्ने बताइसकेका छन् । यसले पार्टीमा विवादसमेत भएको थियो । गौतमको नाम सिफारिस नहुँदै प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका छन् । बुधबार उनको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने कार्यतालिका छ ।

    ‘मन्त्रिपरिषद्ले वामदेव गौतमलाई सिफारिस गर्दैन, डा। खतिवडालाई नै निरन्तरता दिनेछ’, प्रधानमन्त्री ओलीले भन्दै आएका छन् । ओलीको यस भनाइ विरुद्ध शीर्षनेताहरु एक भएर लागेका थिए । पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्नेमा उनीहरुको जोड थियो । फागुन १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुने जानकारी गराएका थिए । करिब आधा घण्टा बसेको सचिवालय बैठकमा गौतमबारे कुनै छलफल भएन ।
    त्यस दिन अध्यक्ष पुष्पकमल दाहाल र गौतम बेग्लै बसेर छलफल गरी सचिवालय बैठकमा गए पनि त्यहाँ ओलीलाई स्वास्थ्य उपचारबारे शुभकामना दिने काममात्रै भएको थियो ।
    प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएपछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया रोकिएको छ । राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत युवराज खतिवडाको समय सकिएपछि सोही स्थानमा गौतमलाई लैजाने तयारी भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...