News Portal

  • प्रधानमन्त्री ओलीको नयाँ मिर्गौलाले काम गर्न थाल्यो

    भक्तपुरपोष्ट संवाददाता२१ फागुन २०७६
    ८७८ पटक
    २१ फागुन २०७६

    प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीलाई बिहान १० बजे शल्यक्रियाकक्षमा लगिएको थियो।

    शल्यक्रिया र मिर्गौला प्रत्यारोपणको प्रक्रिया दिउँसो ३ बजे सकिएको थियो। प्रत्यारोपण प्रक्रियामा १६ चिकित्सक सहभागी भए। नयाँ मिर्गौलाले काम गर्न थालेको र प्रत्यारोपण सम्पन्न भएपछि ओलीले आधा लिटर पिसाब फेरेको प्रा. डा. प्रेमराज ज्ञवालीले बताए। शल्यक्रियापश्चात् बुधवार अपराह्ण एउटा छोटो पत्रकार सम्मेलनमा बोल्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले हाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको बताए।

    ‘उहाँका सबै मुख्य सूचकाङ्क राम्रो अवस्थामा छन् र प्रत्यारोपित मिर्गौलाले पनि काम सुरु गरिसकेको छ,’ उनले भने।प्रधानमन्त्रीलाई हाल ‘प्रत्यारोपण उपचार कक्ष’मा राखेर उपचार गरिराखिएको जनाइएको छ।अस्पतालका अनुसार ओलीलाई मिर्गौला दान गर्ने महिलाको पनि स्वास्थ्यस्थिति सामान्य छ। प्रधानमन्त्रीलाई मिर्गौला दिने “उहाँकी भान्जी समीक्षा संग्रौलाजीको स्वास्थ्य स्थिति पनि सामान्य रहेको” अस्पतालको प्रेस विज्ञप्तिमा उल्लेख छ।

    ओलीको शरीरमा चारवटा मिर्गौला भएका छन्। शल्यक्रिया गर्नुअघि डा. ज्ञवालीले बीबीसीसँग भनेका थिए, “वहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो।” ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भारतीय डा. अनन्त कुमार र अर्का एक मिर्गौलारोग विशेषज्ञ मङ्गलवार भारतबाट आएका थिए। बाह्र वर्षअघि ओलीले भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका थिए।

    शिक्षण अस्पतालका अनुसार मिर्गौला प्रत्यारोपण र शल्यक्रियाको प्रक्रियामा १६ चिकित्सक सहभागी थिए।प्रत्यारोपण शल्यचिकित्सामा प्रा. उत्तमकुमार शर्मा, प्रा. प्रेमराज ज्ञवाली, प्रा. अनन्त कुमार, पवनराज चालिसे, सुमन चापागाईँ र सुजित पौडेल थिए।प्रत्यारोपण चिकित्सा टोलीमा प्रा. दिव्या सिंह शाहसहित छ चिकित्सक तथा एनेस्थेसिया तथा क्रिटिकल केअर टोलीमा चार चिकित्सक थिए।

    मिर्गौलाको समस्या देखिएपछि ओलीले देश तथा विदेशमा परीक्षण तथा उपचार गराएका थिए।त्यसै क्रममा गत वर्ष अगस्ट महिनामा उनी डेढ साताका लागि सिङ्गापुर गएका थिए।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...