News Portal

  • बागमती प्रदेश सरकारको निर्णय – हात नमिलाऔं, नमस्कार गरौँ

    भक्तपुरपोष्ट संवाददाताहेटौडा, २२ फागुन
    १४६५ पटक
    हेटौडा, २२ फागुन

    कोरोना भाइरस (कोभिड- १९) को जोखिमबाट बच्ने उपायको रुपमा बागमती प्रदेश सरकारले हात नमिलाउने निर्णय गरेको छ। बिहीबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय नै गरेको हो।

    विश्व स्वास्थ्य संगठनले नेपाल कोभिड- १९ काे उच्च जोखिममा रहेको सार्वजनिक गरेपछि संघीय सरकारले सभा भेला नगर्न र अत्यावस्यक काम बाहेक भिडभाडमा समेत नहिड्न सार्वजनिक अपिल नै गरिसकेको छ ।

    बागमती प्रदेश सरकारले पनि कोरोना भाइरस बिरुद्ध बिभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेकाे सामाजिक विकाश मन्त्री युवराज दुलालले जानकारी दिए । छुट्टै उपचार कक्ष समेत निर्माण गरिसकिएको उनको भनाइ छ ।

    ”हात मिलाउदा रोग सर्ने चिकित्सकीय भनाइलाई मध्यनजर गर्दै हात नमिलाउने निर्णय गरिएको हो । साथै सम्पूर्ण जनसमुदायलाई पनि परम्परागत नमस्कार नै गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।” सामाजिक विकाश मन्त्री युवराज दुलालले भने । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दै उपचारमा संलग्न चिकित्सकको टोलीलाई धन्यवाद दिने समेत निर्णय गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...