News Portal

  • कोरोना भाइरस (कोभेड १९ ) को मुकाबिला गर्न सार्क राष्ट्र एकमत

    भक्तपुरपोस्ट संवाददाता
    ११८९ पटक

    काठमाडौं, २ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभेड १९ ) को मुकाबिला गर्न सार्क राष्ट्र एकमत भएका छन् ।
    दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरूको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न आयोजना गरिएको भिडियो कन्फरेन्समा उनीहरु एकमत देखिएका हुन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आइतवार भएको उक्त भिडियो कन्फरेन्समा मोदीले सार्क आपतकालीन कोष स्थापना गर्न प्रस्ताव गर्दै त्यसका लागि भारतकातर्फबाट १० मिलियन अमेरिकी डलर योगदान गर्ने घोषणा समेत गरे। उनले कन्फरेन्सको शुरुमै प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे सोधेका थिए ।

    उक्त अवसरमा प्रम ओलीले काेराेनाकाे संक्रमणबाट जाेगिन हात मिलाउनुकाे साटाे हाम्राे परम्परागत नमस्कार प्रयोगमा ल्याउनुपर्नेमा जोड दिदै नेपालमा एउटा आयातित केस बाहेक बिरामीको अवस्था शुन्य रहेको जानकारी गराएका थिए ।

    भिडियो कन्फरेन्समा अफगानिस्तानका राष्ट्रपति असरफ घानी, श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्ष, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलही सामेल थिए भने बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, सहभागी भएका थिए । पाकिस्तानको तर्फ बाट भने स्वास्थ्य राज्यमन्त्री डा. जाफर मिर्जाले सहभागीता जनाएका थिए ।

    आ आफ्ना देशको अवस्था र रोकथामका उपायबारे जानकारी गराउदै सार्कका राष्ट्राध्यक्षहरुले कोभेड १९ बिरुद्ध साझा लडाई लड्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...