News Portal

  • प्रअ र उनकी छोरीको मृत्युपछि काभ्रेमा कर्फ्यु

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ४ फागुन
    १९२९ पटक
    भक्तपुर, ४ फागुन

    टिपरको ठक्करबाट आमाछोरीको ज्यान गएपछि तनावग्रस्त बनेको काभ्रेको पनौतीमा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले पनौतीको चारकिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

    काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले कर्फ्यु आदेश जारी गरिएको बताए । बिहान ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको उनको भनाइ छ ।

    प्रजिअ तिमिल्सिनाका अनुसार पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म कर्फ्यु आदेश जारी गरिएको छ । त्यस्तै, बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ ।

    सोमबार पनौतीमा बा५ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की २६ वर्षीया जुनीमाया तामाङ र उनकी ३ वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो।

    मृतक जुनीमाया खानीखोला–१ स्थित कालिका प्राथमिक विद्यालयकी प्रधानाध्यापक समेत हुन् । जुनीमाया र उनकी छोरीको मृत्युपछि आक्रोसित आफन्त र स्थानीय प्रदर्शनमा उत्रिएका थिए ।

    प्रदर्शन उत्तेजित बनेपछि प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो । सोमबार प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा प्रहरी हवल्दारसहित ६ प्रहरी र ३ स्थानीय घाइते भएका थिए भने प्रहरीले अश्रुग्यास प्रहारका साथै हवाई फायर समेत गर्नु परेको थियो ।

    अपडेट : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कर्फ्यू आदेश हटाएको छ । मंगलबार राति ८ बजेदेखि लागु हुने गरी कर्फ्यू आदेश हटाइएको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...