News Portal

  • हेर्नुहोस् एसईई स्थगित लगायत सरकारका १५ महत्वपूर्ण निर्णय

    भक्तपुरपोष्ट संवाददाता५ चैत २०७६
    १०९६ पटक
    ५ चैत २०७६

    काठमाडौँ । सरकारले अन्तिम समयमा आएर माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । हिजोसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै हालतमा एसईई परीक्षा नसर्ने दाबी गरेको थियो । तर, बुधवार परीक्षाको एकदिन अगाडि एसईई परीक्षा स्थगित स्थगित भएको छ ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको जानकारी दिए । यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

    पहाडी र हिमाली क्षेत्रमा विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगिसकेका थिए । भने प्रश्नपत्र पनि जिल्लाहरुमा पुगिसकेको थियो । भोलि विहानको परीक्षाका लागि सम्पूर्ण तयारी भइसकेको थियो ।

    तर, एक्कासी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

    समितिले २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न निर्देशन दिएको छ ।

    यो सँगै एसईई परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ ।

    चार लाख ८२ हजार परीक्षार्थी सहभागी हुने एसईईमा प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको थियो ।  बिहीबार अर्थात् चैत ६ गतेदेखि तोकिएको परीक्षा अर्को निर्णय नभएसम्मका निम्ति स्थगित भएको हो । एसईई परीक्षाका लागि देशभर १९९५ केन्द्र तोकिएको थियो ।

    हेर्नुहोस् एसईई स्थगित गर्ने covID-19 संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आठौं बैठकको निर्णयहरुः

    माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित covID-19 संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकोआठौं बैठकको निर्णयहरुः
    सिंहदरवार,काठमाडौं
    मितिः २०७६।१२।०५

    १. कोभिङ–१९ (CovID -19) बाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता विरामीहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी सामदायिक तथा निजी अस्पतालहरूबाट उपचार गराउने व्यवस्था मिलाउने ।

    २. सिनमाहल, सांस्कृतिक केन्द्रहरू रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लव आदिलाई २०७६ चैत मसान्तसम्म बन्द गर्ने।यसको अनुगमन गह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयले गर्ने।

    ३. अत्यावश्यक काममा बाहेक आवतजावत, हिडडुल नगर्ने। सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र पार्टीप्यालेस जस्ता सार्वजनिक स्थलहरूमा २५ जना भन्दा बढी मानिसहरू भेला नहुने। यसको अनुगमन गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने।

    ४. प्रकरण २ र ३ बमोजिमको व्यवस्थाको कार्यान्वयन तथा अनुगमन प्रदेश सरकार तथा स्थानीय तह समेतले गर्ने।

    ५. यातायात व्यवसायीहरूले सार्वजनिक सवारी साधनहरूमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्ने नगराउने । साथै, सर्वसाधारण नागरिकहरूले भीडभाड गरी यात्रा नगर्ने। यस कार्यको अनुगमन नेपाल प्रहरीले गर्ने।

    ६. यात्रुवाहक सार्वजनिक यातायातका सवारी धनीले सवारी साधन चलाउनु अघि सवारी साधनलाई Disinfection गर्ने। यसको अनुगमन यातायात व्यवस्था विभाग र नेपाल प्रहरीले गर्ने ।

    ७. मानिसहरूको बढी जमघट हुने सार्वजनिक स्थलहरूमा स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) ले दैनिक रूपमा निश्चित समयको अन्तरालमा सरसफाई एवं Disinfection गर्ने। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले आवश्यक समन्वय गरी यसको अनुगमन गर्ने।

    ८.बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी, कालो बजारी तथा मिसावट गर्ने, गराउनेलाई प्रचलित कानून बमोजिम तत्काल कडा कारबाही गर्ने। दैनिक उपभोग्य अत्यावश्यक सामग्रीहरूको पर्याप्त मौज्दात भएकोले आम उपभोक्ताले आफूलाई आवश्यक पर्ने परिमाणमा मात्र सामग्रीहरू खरिद गर्ने र अनावश्यक सञ्चय नगर्ने। यसको अनुगमन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयले गर्ने, गराउने।

    ९. आवागमनमा लगाएको प्रतिवन्धको कारणले आफ्नो मलक फिर्ता जान नसकेका विदेशी नागरिकहरूले भिसा अवधि थप तथा नियमित गर्न आवेदन गरेमा प्रचलित कानून बमोजिम भिसा नियमित गरिदिने। यसको समन्वय गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले गर्ने ।

    १०.  युरोप, पश्चिम एसिया तथा खाडी क्षेत्रका सबै मुलुकहरू एवं टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट सिधा उडान भई आउने, ती मलकलाई ट्रान्जिट बनाइ आउने तथा उल्लिखित मुलुकहरूबाट प्रथम यात्रा शुरु गरी अन्य जनसुकै मुलुकलाई ट्रान्जिट बनाइ आउने सवे। यात्रहरूलाई २०७६ चैत ७ गते शक्रवार (२० मार्च २०२०) नेपाली समयको मध्यरात देखि। लागु हने गरी २०७६ चैत ३० गते आइतवार (१२ अप्रिल २०२० सम्म आगमनमा प्रतिवन्ध लगाउने। यस सम्बन्धी सूचना विदेशस्थित नेपाली कटनीतिक नियोगहरू, नेपालस्थित विदेशी। नियोगहरू र नेपालमा उडान भर्ने अन्तर्रा्ष्ट्रिय वायुसेवा कम्पनीहरूलाई दिने।

    ११.  नेपाल सरकारद्वारा निश्चित अवधि तोकी Travel Advisory जारी गरेको कारणबाट कुनै यात्रुले उक्त अवधिभित्रको यात्रा स्थगन गरेको वा वायुसेवा कम्पनी आफैले उडान रद्द गरेको अवस्थामा हवाइ टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शल्क नलिन र हवाइ टिकट रद्द गर्दा परे रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिने। यसको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गर्ने।

    १२. २०७६ चैत ६ गतेदेखि संचालन हुन गइरहेको (Secondary Education Examination -SEE) हाल संचालनमा रहेका तथा आगामी दिनमा हने गरी निर्धारण गरिएका सि.टि.ई.भि.टि. र विश्वविद्यालय तहका सम्पूर्ण परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने ।

    १३.  सरकारी, सामुदायिक तथा निजी क्षेत्रबाट संचालित सबै प्रकारका बाल विकास केन्द्रहरू । आधारभूत तथा माध्यमिक विद्यालयहरू, शैक्षिक प्रतिष्ठानहरू र विश्वविद्यालयहरूको पठनपाठन २०७६ चैत मसान्तसम्म बन्द गर्ने। सरकारी, सामुदायिक र निजी क्षेत्रका तालिम केन्द्र तथा प्रतिष्ठानहरू एवं निजी क्षेत्रका शैक्षिक परामर्श केन्द्रहरूबाट संचालित कार्यक्रमहरू २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने। साथै, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट संचालन हुने सबै प्रकारका तालिम, सेमिनार, गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रमहरू २०७६ चैत मसान्तसम्म बन्द गर्ने।

    १४. बालविकाश देखि विश्वविद्यालय सम्मका पथानापाथान चैत मसान्त सम्म बन्द गर्ने ।

    १५. होटेल, मोटेल, रिसोर्ट, लज, रेष्टुरेन्ट, बार तथा सपिङ्गमलका संचालकहरूले ज्वरो मापन गर्ने उपकरण तथा सामग्रीहरूको व्यवस्था गरी उक्त स्थानहरूमा प्रवेश गर्ने व्यक्तिहरूको स्वास्थ्य जाँच (Health Screening) गर्ने। साथै, हात सफा गर्ने Sanitizer लगायत सफाइका सामग्रीहरूको प्रवन्ध गरी कार्यस्थल, शौचालय आदि स्थान र टेबल, कुर्सी, बार–रेलिङ्गमा नियमित रूपमा Disinfection गर्ने, गराउने।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...