News Portal

  • चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द, ‘सेमी लकडाउन’को अवस्थामा नेपाल

    इभक्तपुर संवाददाता७ चैत २०७६
    ५९८ पटक
    ७ चैत २०७६

    काठमाडौं । सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

    अत्यावश्यक सेवाभित्र विमानस्थल, सञ्चार, (टेलिफोन), पेट्रोलियम, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा, आदि पर्दछन् । प्रधानमन्त्री ओलीले निजी क्षेत्रका सेवासँग सम्बन्धित कर्मचारी र सेवा प्रदायकले कर्मचारीलाई घरबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

    सरकारी कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीले भने कार्यालयमै उपस्थित भएर सेवा दिने पनि प्रधानमन्त्रीले बताए ।

    प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा १० चैतदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको उल्लेख गरेका छन् । तर केही अवधिका लागि भनिए पनि कहिलेसम्म भन्ने खुलाएका छैनन्। त्यसैगरी, ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने घोषणा प्रधानमन्त्रीले गरेका छन्। अहिले १८ चैतसम्म त्यो घोषणा लागू हुनेछ।

    प्रधानमन्त्री ओलीले सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने उल्लेख गरेका छन्।यस सम्बन्धमा छिमेकी राष्ट्रहरुसँग आवश्यक समन्वय गरिने प्रधानमन्त्रीले बताएका छन्।

    त्यसैगरी, देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू आगामी ९ चैतदेखि २१ चैतसम्मका लागि बन्द गरिएको घोषणा प्रधानमन्त्रीले गरेका छन्।प्रधानमन्त्री ओलीले महामारीको अवस्थालाई हेरी नागरिककै सहयोगमा थप कदमहरू पनि चाल्न सकिने पनि उल्लेख गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...