News Portal

  • सङ्घीय सरकारद्वारा जारी निर्देशन पालना गर्न मुख्यमन्त्रीको आह्वान

    भक्तपुरपोष्ट संवाददाता११ चैत २०७६
    ७१२ पटक
    ११ चैत २०७६

    जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले विश्वलाई नै त्रसित बनाएको कोरोना भाइरसबाट बच्न सङ्घीय सरकारले जारी निर्देशनलाई अक्षरशः पालना गर्न प्रदेशवासीलाई आह्वान गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्द्वारा आज जारी विज्ञप्तिमा मुख्यमन्त्री राउतले कोरोना महामारीविरुद्ध लड्न सङ्घीय सरकारले जारी गरेको निर्देशनहरुमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको र तीनवटै तहको सरकार तथा सर्वसाधारणको एकता नै महामारीविरुद्धको बलियो हतियार रहेको उल्लेख गरिएको छ । उनले प्रदेशमा २५० आइसोलेशन शैया तयारी अवस्थामा रहेको र थप आइसोलेशन शैयाको लागि गृहकार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

    विपद व्यवपस्थापन कोषमार्फत प्रत्येक जिल्लाको विपद् व्यवस्थापन कोषलाई ५०÷५० लाख, नेपाल प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख, सशस्त्र प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख, राष्ट्रिय अनुसन्धान आयोग प्रादेशिक कार्यालयलाई पाँच लाख उपलब्ध गराइएको छ ।

    उनले सामाजिक विकास मन्त्रालयमार्फत कोरोनासम्बन्धी उपचार र रोकथामका लागि प्रादेशिक अस्पताललाई १२ लाख, जिल्ला अस्पतालहरुलाई रु पाँच÷पाँच लाख, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रलाई औषधि र व्यक्तिगत उपचार उपकरणका लागि १० लाख, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई रु पाँच लाख, जनचेतनामूलक प्रचारप्रसारको लागि स्वास्थ्य निर्देशनालयलार्ई पाँच लाख, मन्त्रालयमार्फत नीतिगत खर्चका लागि १० लाख, सरोकारवालालाई सचेतनामूलक अभियानका लागि १५ लाख, स्थानीय तह स्वास्थ्य संयोजकहरुको अभिमुखीकरणको लागि १० लाख, एकीकृत अनुगमनको लागि पाँच लाख, एम्बुलेन्स सेवाको लागि रु तीन लाख छुट्याइएको जानकारी गराएका छन् ।

    यस अतिरिक्त महामारी नियन्त्रणका लागि थप रकमको आवश्यकता परेको खण्डमा प्रदेश सरकार तयारी अवस्थामा रहेको समेत जानकारी भएको छ ।

    मुख्यमन्त्री राउतले प्रदेश सरकार कोरोनाको महामारीसँग लड्न विभिन्न तयारीका कार्यहरु गरेको र उपकरणहरुको अभाव रहेको अवस्थामा यस महामारीविरुद्धको प्रादेशिक तयारीलाई थप प्रभावकारी बनाउन आवश्यक उपकरण, मास्क, थर्मल गन र भेन्टिलरको व्यवस्था मिलाइदिन सङ्घीय सरकारसँग माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...