News Portal

  • व्यवसायीको गुनासो सुन्न हेल्प डेस्क

    भक्तपुरपोष्ट संवाददाता१३ चैत २०७६
    ५७६ पटक
    १३ चैत २०७६

    पोखरा । कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुआत् गरेको छ ।

    पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी तथा उपभोक्तालाई आवश्यक पर्ने औषधि, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि सहजीकरण गरिने अध्यक्ष किसान सुनारले जानकारी दिए । हेल्प डेस्कमार्फत बजार आपूर्तिको समस्या, व्यवसायीको स्वास्थ्य सुरक्षालगायतमा सरकारसँग समन्वय गरिने उनले बताए ।

    सँगै अगाडि बढौँ भन्ने नाराका साथ व्यावसायिक हेल्प डेस्क सञ्चालनमा ल्याइएको र टोल फ्री नम्बरमा फोन गर्दा पैसा नलाग्ने उनले जानकारी दिए । थप सङ्क्रमण हुन नदिन सरकारले लकडाउन गरेपछि कास्कीमा बजार आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन ध्यान दिने बताउँदै उहाँले माक्स सेनिटाइजर, साबुन, एलपी ग्यासको सहज आपूर्तिका लागि सहजीकरण गरिने बताए ।

    सहज आपूर्ति व्यवस्थापनका लागि गुनासो एवं समस्या भएमा र कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि पहल र सहजीकरणका लागि चेम्बरको तर्फबाट वस्तुगततर्फका उपाध्यक्ष यमनाथ पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समितिसमेत गठन गरेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...