News Portal

  • नेपालबाट भारतमा कोरोना फैलाउने षड्यन्त्र भन्ने भारतीय मिडियाको समाचार विस्तारवादी चरित्र

    संजीप शुभचिन्तक भक्तपुर, २८ चैत
    १५४९ पटक
    भक्तपुर, २८ चैत

    भारतीय मिडियाहरुले नेपालबाट भारतमा कोरोना भाइरस फैलाउने षड्यन्त्र भैरहेको अफवाह फैलाइरहेका छन् । नेपालको पर्सा बाट यस्तो प्रयास भैरहेको उनीहरुको आरोप छ ।

    समाचारमा पर्साका एक मेयर जालिम मुखियाको संरक्षकत्वमा १ दर्जन बढी पाकिस्तानी मुसलमानहरुले यस्तो योजना बनाइरहेको बताइएको छ । समाचारमा भनिएका व्यक्ति जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ हुन् । उनी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार समेत हुन् ।

    जनतामाझ लोकप्रिय रहेका गाउँपालिका प्रमुख जालिमलाई जातकै आधारमा यस्तो आरोप लगाइएको उनको पारिवारिक श्रोतले भक्तपुर पोस्टलाई बताएको छ । भारतीय समाचार टिभी एबीपीले उनलाई तस्करको नाइके बताएको छ भने न्युज 18 ले आफ्नो समाचार पछि जगरनाथपुरमा प्रहरीले छापा नै मारेको र करिब २० जनालाई हिरासतमा लिइएको भनिएको छ ।

    पर्साका सहायक सिडिओ ललितकुमार बस्नेतले भने समाचारमा कुनै सत्यता नभएको बताएका छन् । भक्तपुर पोस्टसंग कुरा गर्दै बस्नेतले जालिम मियाँको बारेमा भारतीय पक्षले कुनै लिखित जानकारी नगराएको बताए । ” हामी पनि समाचार हेरेर छक्क परेका छौं । यस्तो केहि होइन ।” उनले भने ।

    बामपन्थी लेखक एवं विश्लेषक रोहित दाहाल यस विषयलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताउँछन । भारतीय विस्तारवादले यहीं विषयलाई लिएर बखेडा झिक्ने खतरा तर्फ नेपाल सरकार सचेत रहनुपर्ने उनको सुझाव छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...