News Portal

  • लकडाउनको अवधि थपिने

    भक्तपुरपोष्ट संवाददाता२ बैशाख २०७७
    ५८० पटक
    २ बैशाख २०७७

    काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकमा लकडाउन बढाउने वा हटाउने निर्णय हुने छ । दोस्रोपटक बढाइएको लकडाउनको अवधि भोलि सकिदैछ । लकडाउन सकिने अघिल्लो दिन यसबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिषद्ले लकडाउनको अवधि बढाउने निर्णय गर्न सक्ने स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार लकडाउन १० दिन बढ्न सक्ने छ ।

    छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीबेरअघि एक सन्देश जारी गरी भारतमा लकडाउन मे ३ अर्थात्, वैशाख २१ सम्म बढाउने घोषणा गरेका छन्। भारतमा बढेको लकडाउनको समेत विश्लेषण गरेर निर्णय गरिने स्रोतले जनाएको छ ।

    नेपालमा हालसम्म कोरोनाका १४ वटा केस प्रयोगशालामा प्रमाणित छन्। काठमाडौंको सनसिटी अर्पाटमेन्टमा बस्दै आएको एक परिवारका तीनजनामा र्‍यापिड डाइग्नोस्टिक किटबाट गरिएको परीक्षणमा कोभिड १९ पोजिटिभ देखिए पनि भिटिएम टेस्टको रिपोर्ट सार्वजनिक भएकाे छैन ।तर, स्रोतले २ जनामा काेराेना पोजिटिभ पुष्टि भैसकेकाे दाबी गरेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...