News Portal

  • उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

    भक्तपुरपोष्ट संवाददाता९ बैशाख २०७७
    ४८० पटक
    ९ बैशाख २०७७

    काठमाडौं । उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

    अन्यको धरानस्थित कोसी अञ्चल अस्पताल र केन्द्रीय प्रयोगशालामा परीक्षण भइरहेको भन्दै नतिजा आउन बाँकी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।उनका अनुसार उदयपुरका १०० जनाको पीसीआरको लागि नमुना संकलन भएको छ ।

    उदयपुरमा भेटिएका संक्रमित ३३ वर्षीय पुरुष रहेको जनाइएको छ । योसँगै उदयपुरमा कोरोनासंक्रमितको संख्या १४ जना पुगेको छ भने देशभर संक्रमितको संख्या ३२ पुगेको छ।

    यसअघि उदयपुरको भुल्केमा ११ भारतीय र २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि बस्तीका बासिन्दाको पनि स्वाब संकलन र परीक्षण गरिएको हो। उदयपुरबाट संकलन गरिएका केही व्यक्तिका कोरोना संक्रमणको आशंका गरिएपछि धरान र विराटनगरमा पीसीआर परीक्षण गरिँदैछ।

    त्यस्तै मंगलबारसम्म देशभरी आरडीटी विधिबाट २७ हजार ९ सय ५६ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट ८ हजार ८ सय ६८ नमुना परीक्षण भएको छ। हालसम्म दुवै विधिबाट गरी ३६ हजार ७ सय १९ को परीक्षण भएको छ। त्यसैगरी अहिलेसम्म विभिन्न आइसोलेसनमा १०७ जना रहेका छन्। काठमाडौंमा ६ जना र उपत्यकाबाहिर १०१ जना आइसोलेसनमा रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...