News Portal

  • थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

    भक्तपुरपोष्ट संवाददाता१० वैशाख २०७७
    ६६० पटक
    १० वैशाख २०७७

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको बताएको छ । बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

    बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४ वर्षीय पुरुष, ६० वर्षीय पुरुष र ७२ वर्षीया पुरुषमा देखिएको बताए। उनले हाल उनीहरु क्वारेन्टाइन्मा रहेको र अस्पताल ल्याउने तयारी गरिरहेको बताए।

    हाल नेपालमा ७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। आज सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष डिस्चार्ज हुने मन्त्रालयले जनाएको हो।

    नेपालमा बुधबारसम्म देशभरी आरडीटी विधिबाट ३१ हजार ४ सय २० परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ११ नमुना परीक्षण भएका छन्। हालसम्म दुवै आरडीटी र पीसीआर विधिबाट ४० हजार ४ सय वटा परीक्षण भएका छन्।

    त्यसैगरी आइसोलेसनमा देशभरी ९५ जना रहेका छन्। काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९२ जना छन्। क्‍वारेन्टाइनमा ८ हजार ५ सय ९५ जना रहेका प्रवक्ता देवकोटाले जनाए।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...