News Portal

  • तत्काल लकडाउन खुकुलो नबनाइने, सबै हवाई उडान जेठ २ सम्म बन्द राख्ने निर्णय

    भक्तपुरपोष्ट संवाददाता१३ वैशाख २०७७
    ६८९ पटक
    १३ वैशाख २०७७

    काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निष्कर्ष निकालेको हो ।

    आन्तरिक र बाह्य हवाई उडान आउँदो जेठ २ गतेसम्म बन्द रहने भएको छ ।  समितिको आज (शनिबार) बसेको वैठकले तत्काल हवाई उडान नखुलाउने निष्कर्ष निकालेको हो ।

    ‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई मे १५ सम्म लम्ब्याउने निर्णय भएको छ’, प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले भने ।

    त्यस्तै समितिले लकडाउनको मोडालिटी तयार गर्ने जिम्मा मुख्य सचिवको नेतृत्वमा रहेको टाक्र्सफोर्सलाई दिएको छ । सरकारले दोस्रो पटक थप गरेको लकडाउनको बैशाख १५ गते सकिँदैछ ।

    केहीबेरअघि सिंहदरबारमा सकिएको बैठक लकडाउन घटाउने वा जारी राख्ने भन्नेबारे ठोस निश्कर्षमा भने नपुगेको समितिका एक सदस्यले बताए। वैशाख १५ गते लकडाउनको अवधि सकिदैछ। यसबारे निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ।

    ‘केही जिल्लामा खासगरी हिमाली क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग सल्लाह गरी ती जिल्लाका लागिमात्रै केही निर्णय गर्न सकिन्छ कि भन्ने पनि कुरा भएको छ,’ उनले भने।

    शुक्रबारको मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिएका थिए। समितिले त्यसअनुसार मोडालिटी तयार पार्ने जिम्मा मुख्यसचिवको नेतृत्वमा रहेको सचिवहरु सम्मिलित कार्यदललाई दिएको छ। समितिमा भएका छलफलका आधारमा यो कार्यदलले मोडालिटी तयार पार्नेछ। यसको अन्तिम टुंगो मन्त्रिपरिषद्‍ले लगाउनेछ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...