News Portal

  • थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

    भक्तपुरपोष्ट संवाददाता१० जेष्ठ २०७७
    ३५९ पटक
    १० जेष्ठ २०७७

    काठमाडौँ । शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

    मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जनामा संक्रमण देखिएको बताए ।

    शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ८६ हजार २ सय ३५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४५ हजार ९ सय ५७ परीक्षणहरु गरिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    देशभरका सबै वडा कमिटी गठन गर्न माओवादी केन्द्रको निर्देशन

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले आज दुई निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

    त्रिविमा आंशिक शिक्षकको तालाबन्दी

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आंशिक शिक्षकले विभिन्न माग राख्दै एक सातादेखि तालाबन्दी गरेका छन् ।...

    सभामुखको पहलपछि सरकारी तलब भत्ता सरकारी बैंकबाट

    अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर...

    नर्वे सेनामा नेपाली युवाको प्रवेश

    नेपालका ८ युवा नर्वे सेनामा भर्ती भएका छन् । नर्वे सेनामा नेपाली युवाको प्रवेश यो...

    पत्रकार मोहन बल्ललाई मातृशोक

    नेपाल पत्रकार महासंघ, भक्तपुरका निवर्तमान कोषाध्यक्ष एवं श्रमजिवी पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ ।...