News Portal

  • कोरोना भाइरसका कारण विश्वभर ५७ लाख ८४ हजार संक्रमित, ३ लाख ५६ हजारभन्दा बढीको मृत्यु

    भक्तपुरपोष्ट संवाददाता१५ जेष्ठ २०७७
    ६०५ पटक
    १५ जेष्ठ २०७७

    काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर ५७ लाख ८४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ४७३ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५७ लाख ८४ हजार ६०१ पुगेको छ ।

    यस्तै एकैदिन अरू ५ हजार २८३ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५६ हजार ९३७ पुगेको छ ।विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २४ लाख ९४ हजार ९५२ जना संक्रमण मुक्त भएका छन् ।

    २९ लाख ३२ हजार ७१२ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५२ हजार ९७३ जनाको अवस्था गम्भीर छ ।विहिबार बिहान ६ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ७० हजार ६३१ जनाको मृत्यु भएको छ ।

    १९ लाख ५० हजार ८३ जना संक्रमित भएकोमा ९ लाख ३१ हजार ५६१ जना संक्रमणमुक्त भएका छन् ।उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १८ हजार ३४६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख ५२ हजार ६२४ पुगेको छ । त्यसमध्ये ६ लाख १० हजार ३२३ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरुमा २८ हजार ६८१ जनाको मृत्यु भएको छ । १० लाख २६ हजार १५५ जना संक्रमित भएकोमा ६ लाख ४ हजार १६४ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरुमा ३५ हजार ४३० जनाको मृत्यु भएको छ । ७ लाख १९ हजार ६३३ जना संक्रमित भएकोमा २ लाख ८७ हजार ५०१ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरुमा ३ हजार ७१० जनाको ज्यान गएको छ भने १ लाख २६ हजार ६३८ जना संक्रमित छन् । संक्रमितमध्ये ५२ हजार ६२३ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ७४७ जना संक्रमित भएकोमा ८ हजार १२९ जना संक्रमणमुक्त भएका छन् ।

    कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख २ हजार १०७ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ४५ हजार ८०१ जनामध्ये ४ लाख ९० हजार १२६ जना संक्रमणमुक्त भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...