News Portal

  • सरकारी र निजी कार्यालय दुई सिफ्टमा सञ्चालन हुने

    भक्तपुरपोष्ट संवाददाता२९ जेष्ठ २०७७
    ६५८ पटक
    २९ जेष्ठ २०७७

    काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

    कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

    बैठकले सरकारी, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्र र बैंक तथा वित्तीय क्षेत्रका कार्यालयहरु दुई सिफ्ट चल्न दिने निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले औपचारिक जानकारी दिएका हुन् । उनका अनुसार सामाजिक दूरी र आवागमनमा सहज होस् भन्‍ने उद्देश्यले उक्त निर्णय लिइएको हो ।

    सरकारका प्रवक्ता खतिवडाले बिहान ८ देखि १ बजेसम्म पहिलो र १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्ट चल्ने बताए । ‘आवागमन गर्दा यातायातमा भीडभाड नहोस् भनेर र कार्यस्थलमा सामाजिक दुरी (भौतिक दुरी) कायम गर्नका लागि सरकारी, गैरसरकारी, निजी, बैंक तथा वित्तीय क्षेत्रका कार्यालयहरु दुई सिफ्ट सञ्चालन गर्ने निर्णय गरेका हौं’, प्रवक्ता खतिवडाले भने । उनले आर्थिक वर्ष अन्त्यको समय भएकोले धेरै काम गर्नु पर्ने भएकोले सहज गराउन परेको बताए ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...