News Portal

  • प्रधानमन्त्री ओली गलत सूचनाको शिकार

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, २१ असार
    १६०२ पटक
    काठमाडौं, २१ असार

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली गलत सूचनाको शिकार भएका छन् । गलत सूचनाको शिकार भएर उनले पार्टी सँगको सम्वन्ध बिगारेको पुष्टी हुँदै गएको छ ।

    उनले शनिबार राती मन्त्रीहरुसँगको बैठकमा राष्ट्रपतिविरूद्ध महाभियोगको तयारी भइरहेको र पार्टीका नेताले त्यसको अगुवाइ गरिरहेको दाबी गरेका थिए । उनको दावी झुटमा आधारित भएकाले उनी गलत सूचनाको शिकार भएको हुनसक्ने अनुमान गरएिको हो ।

    श्रोतका अनुसार राष्ट्रपतिलाई भेटेर शितल निवासबाट फर्किएका प्रधानमन्त्रीले राष्ट्रपतिविरूद्ध महाभियोगको तयारी भइरहेको र पार्टीका नेताले त्यसको अगुवाइ गरिरहेको ब्रिफिङ गरेपछि कृषी मन्त्री रहेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले बैठकमै प्रतिवाद गरेका थिए । उनले प्रधानमन्त्रीलाई ‘तपाइ गलत सूचनाको शिकार हुनु भएको छ,’ भनेका थिए । तर, ओली उक्त कुरा मान्न तयार भएनन् ।

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति माथि महा अभियोग लगाउन खोजिएको भन्दै गरिएको प्रचार झुटको पुलिन्दा भएको बताएका छन् ।उनले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा ल्याउन नहुने भन्दै हल्ला अनर्गल, झूटो प्रचार भएको जानकारी गराएका हुन् ।

    ‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौं । राष्ट्रपतिको विरुद्ध महाभियोग प्रस्ताव ल्याउने अनर्गल झूटा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमूल्यन नगरौं । राष्ट्रपतिज्यू स्वयम्को पनि ध्यान जाने नै छ,’ उनले ट्विटर मार्फत भनाइ सार्वजनिक गरेका छन् ।

    प्रधानमन्त्री केपी ओली लाइ गलत सूचना दिनेले नै स्थिति बिगारेर यहाँसम्म ल्याएको नेकपाका एक नेताले बताए । ”एकअर्कालाइ उचालेर नेकपा फुटाउन गम्भीर षड्यन्त्र भइरहेको छ, नेताहरु भने आआफ्नै डम्फु बजाउन ब्यस्त छन् ।” उनले चिन्ता ब्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...