News Portal

  • सरकारले निर्णय गरे पनि चलेनन् सार्वजनिक यातायात

    भक्तपुरपोस्ट संवाददाता२६ असार २०७७
    १०१७ पटक
    २६ असार २०७७

    काठमाडौं । सरकारले लकडाउनको १०८औँ दिन बिहीबार, आजदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरे पनि त्यस्ता सवारीसाधन गुडेका छैनन् ।

    ब्यवसायीका माग बेवास्ता गर्दै सरकारले एकहोरोरूपमा बिहीबार निर्णय सुनाए पनि आजैदेखि गाडी कुदाउने अवस्था नरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

    सरकारले काठमाडौं उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर तथा त्यसबाहेक अन्यत्र एक जिल्लाभित्र सिट क्षमताको ५० प्रतिशत यात्रुलाई तोकिएको भाडाभन्दा ५० प्रतिशतसम्म बढी भाडा लिएर सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

    सार्वजनिक यातायातका चालक र सहचालकले मास्क र पञ्जाको प्रयोग अनिवार्य गर्नुपर्ने तथा गाडीमा प्रवेश गर्दा सेनिटाइजर प्रयोग गरेर यात्रुले मास्क प्रयोग गर्नु पर्ने सर्तहरू राखिएका छन् ।

    सरकारको उक्त निर्णय ठीकै भए पनि यातायात मजुरको व्यवस्थापन, गाडीको मर्मतसम्भार तथा आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीको जोहो गरेर मात्रै गाडी चलाउने ब्यवसायीले बताएका छन् ।

    ‘सरकारले निर्णय त गर्‍यो तर ४ महिनादेखि थन्किएर बसेका गाडी एक्कासी सडकमा निस्कने अवस्था छैन,’ महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले भने, ‘गाडीको मर्मतसम्भार, मजदुरको व्यवस्थापन लगायतका काम गर्दैछौँ, त्यसअघि आजै मध्याह्न १२ बजे बैठक छ, बैठकले आवश्यक निर्णय गर्छ ।’

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...