News Portal

  • अपहरणमा परेको भनिएका युवक प्रहरीको फन्दामा

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, ७ साउन
    ७२५ पटक
    काठमाडौं, ७ साउन

    आफू अपहरणमा परेको निवेदन दिन लगाएका एक युवक प्रहरीको फन्दामा परेका छन । पैसा तिर्नु नपरोस भनि अपहरणको नाटक गरेको पुष्टि भएपछी उनी फन्दामा परेका हुन् ।

    प्रहरीलाई झुक्याएका कारण पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ४ चुनदेवि बस्ने वर्ष ३० को शक्तिराज रेग्मी रहेका छन् । प्रहरीका अनुसार असार २४ गते देखि आफू हराएको, अपहरण परेको भनि निवेदन दिन लगाएका थिए। महानगरीय अपराध महाशाखाबाट अनुसन्धान तथा खोजतलास बाट खटिएका प्रहरीले रेग्मीलाई मंगलबार राती नयाँ बसपार्क स्थित सुगन्ध होटलमा फेला पारेको थियो ।

    अपहरणको नाटक गरी.नयाँ बसपार्क स्थित सुगन्ध होटलमा केटीसँग बसेको अवस्थामा उनलाई फेला पारेको प्रहरीले बताएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा रेग्मीले बिभिन्न ब्यक्तिहरूसँग जग्गा ब्यबसाय गर्छु भनि करोडौ रुपैयाँ लिएको र पैसा तिर्नु नपरोस् भनि अपहरणको नाटक गरेको बुझिएको रहरीको भनाइ छ।

    अपहरणको नाटक गरि प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग गराएको अभियोगमा उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर पठाईएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...