News Portal

  • कोरोना समुदायमा देखिएपछि नेपालगन्जमा निषेधाज्ञा

    भक्तपुरपोस्ट संवाददाता१५ श्रावण २०७७
    ९२ पटक
    १५ श्रावण २०७७

    बाँके । समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि बाँकेको नेपालगन्जमा तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

    पछिल्लो पटक रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

    नेपालगन्जमा बिहीबार बसेको बाँके जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

    ‘शुक्रबार र शनिबार उच्च सतर्कता अपनाउँदै पहिलो चरणमा आइतबारदेखि तीन दिनसम्म नेपालगन्जका सबै वडामा तीन दिनसम्म पूर्णरुपमा कफ्र्यू -निषेधाज्ञा) लगाउने निर्णय भएको छ,’ प्रजिअ कुरुम्बाङले भने, ‘त्यतिन्जेलको अवस्था हेरेर त्यसपछि के गर्ने अर्को निर्णय गर्छौं ।’

    नेपालगन्जमा बिहीबार बिहान मात्रै २७ जनामा कोरोना पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा नेपालगन्जका २० जना र बाहिर जिल्लाबाट आएर बसेका ७ जना सरकारी कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

    प्रतिकृया दिनुहोस्

    अस्पताल प्रमुख माथि काेराेना पोजेटिभ देखिएपछि भएको सामाजिक दुर्व्यवहारप्रति खेद

    रत्ननगर नगरपालिकाद्वारा संचालित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विश्वबन्धु बगालेमाथि कोरोना पोजेटिभ देखिएपछि भएको...

    भाउजू बलात्कार गरेको अभियाेगमा देवर पक्राउ

    झारफुक गर्ने बहानामा भाउजूलाई बलात्कार गरेको अभियाेग लागेका एक युवक पक्राउ परेका छन् । भाउजूकाे...

    शक्ति सञ्चयको स्वरुप मानिने कालो रङका यी अन्नबालीहरु लोप हुने अवस्थामा

    हिमाली जिल्ला हुम्लामा हुने कालो रङका अन्न बालीहरु दिन प्रतिदिन लोप हुन थालेको एक अध्ययनले...

    ट्रम्प प्रशासनद्वारा चार ट्यांकर नियन्त्रण

    अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्यांकर नियन्त्रणमा लिएको छ...

    सिन्धुपाल्चोक पहिरो अपडेट : १३ काे मृत्यु, ११ को सनाखत

    भक्तपुर । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ...