News Portal

  • शंकास्पद सवा कराेडकाे चेकसहित बिद्युत प्राधिकरणका कार्यालय प्रमुख समातिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ साउन
    ९९९ पटक
    भक्तपुर, २४ साउन

    नेपाल बिद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख रितेश गुप्ता अख्तियारको० फन्दामा परेका छन् । करिब सवा करोडको चेक सहित उनी अख्तियारको फन्दामा परेका हुन् ।

    भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै बिभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी उक्त चेकहरु लिएर काठमाडौंतर्फ आउँदै गरेको सूचनाका आधारमा अख्तियारले उनलाई शनिवार नियन्त्रणमा लिएको हो । आयोगको बर्दीवासस्थित कार्यालयबाट खटिएको टोलीले गुप्तालाई शंकास्पद रुपमा एक करोड चौबीस लाख एकानब्बे हजार एक सय पैंतालीस रुपैयाँ बीस पैसा बराबरको हस्ताक्षर भैसकेका कार्यालयका चेकहरु तथा स्वीकृत भैनसकेका सोही चेकहरुसँग सम्बन्धित कागजातहरुसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले पुष्टि गरे ।

    प्रवक्ता अधिकारीका अनुसार काठमाडौं आउने क्रममा सिन्धुलीमा उनलाई नियन्त्रणमा लिइएको हो । कार्यालयका चेकहरु तथा सो सँग सम्बन्धित कागजातहरु सहित नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...