News Portal

  • विश्वका १९४ देशका लाखौं मानिसको सहभागिता र्याली अफ होप सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता२५ श्रावण २०७७
    ७६६ पटक
    २५ श्रावण २०७७

    काठमाडौं ।  अगस्ट ९ अर्थात साउन २५ गते आईतबार दक्षिण कोरियाबाट संञ्चालन गरिएको र्याली अफ होपमा संसारभरिका करिब १९४ देशका दशलाख भन्दा बढी सहभागिहरूले प्रत्यक्ष रुपमा सहभागिता जनाएका थिए भने टेलिभिजन, तथा विभिन्न सामाजिक संजालहरूका माध्यमबाट करिब १ करोड मानिसहरूले कार्यक्रमलाई हेरेका थिए ।

    कोभिड १९ ले विश्वमा अकल्पनीय क्षति पुर्याएको छ । लाखौं मानिसहरूले मृत्युवरण गरिसकेका छन्, संख्या अझै बढ्दो क्रममा नै छ । यद्यपी, कोभिड १९ पछिको आर्थिक, सामाजिक, मनोसामाजिक, र राजनीतिक अवस्थाको सामना गर्न निकै मुस्किल पर्ने देखिन्छ । द्वन्द्व र लघुताभाषमा फसेको विश्व नेतृत्वलाई यस र्याली अफ होपले दृश्टिकोण उपलब्ध गराएको छ ।

    यस समारोहले दिग्गज वक्ताहरूलाई मञ्च प्रदान गर्यो । संयुक्त राष्ट्रसंघीय पूर्व महासचिव, वान की मुनले पाहुना तथा विश्वभरिका सहभागिहरूलाई स्वागत गरेको कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पका अध्यात्मिक सल्लाहकार पावला ह्वाइटले स्तुति घोष गरेकी थिइन् भने हाउस अफ कउन्सिलर जापानका पूर्व अध्यक्ष माननीय चुइची दाते र अमेरिकी प्रतिनिधि सभाका पूर्व सभामुख माननीय न्युट ग्रिनगिचले बधाइ सन्देश दिएका थिए ।

    कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन सेन, सेनेगलका राष्ट्रपति म्याक्की साल, निजरका प्रधानमन्त्री ब्रिजी राफिनी, क्यानाडाका पूर्व प्रधानमन्त्री, स्टेफन हार्फर, अल्बेनियाका पूर्व राष्ट्रपति अल्फ्रेड मोइस्यू, र ग्वाटेमालाका पूर्व राष्ट्रपति जिमी मोरालेस थिए । अन्त्यमा युनिभर्सल पीस फेडेरेसनकी सहसंस्थापिका, र्याली अफ होप कि संयोजनकर्ता तथा मदर अफ पीस, डा. हाक जा हान मुनले विशेष मन्तव्य दिनुभएको थियो । मदर मुनले भन्नुभयो कि हामी अब परिवारमा केन्द्रित सर्वव्यापक नैतिक एवं अध्यात्मिक मूल्यमान्यता तर्फ फर्कनु आवश्यक छ । विगत २ बर्ष भित्रमा विश्वका विभिन्न देशहरूमा १४ वटा शिखर सम्मेलन सम्पन्न गर्नुभएकी डा. मुनले विश्व एक घर विश्वका सम्पूर्ण मानिसहरू एक परिवार तथा वसुदैव कुटुम्बकम् को मान्यतालाई जोड दिंदै भन्नुभयो कि यो नै हाम्रो सम्पदा र अगाडिको बाटो दुवै हो ।

    युनिभर्सल पीस फेडेरेसनको ब्यानरमा आयोजित सम्मेलन विगत ३ महिनामा भएका शिखर सम्मेलनहरूको ऋङ्खला थियो, जहाँ ४० भन्दा बढी राष्टाध्यक्ष तथा प्रथम महिलाहरूले सहभागिता जनाएका थिए भने युवा, महिला, वाणिज्य, प्रज्ञिक, मिडिया लगायत क्षेत्रका नेतृत्वहरूले पनि सहभागिता जनाएका थिए । यस किसिमको विश्वव्यापी सम्मेलन यो बर्षको अन्त्य सम्म प्रत्येक महिना आयोजना गरिने छ । प्रत्येक महिना हुने भेला प्राज्ञिक, व्यवसायिक, मिडिया, अन्तधार्मिक तथा संसदहरू जस्ता फरक फरक समूहमा केन्द्रित रहनेछ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...