News Portal

  • विदेशमा पढ्न जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिने सरकारकाे निर्णय

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ भदौ
    ८०७ पटक
    भक्तपुर, ११ भदौ

    सरकारले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (एनओसी) उपलब्ध गराउने निर्णय गरेको छ । मंगलवारको मन्त्रिपरिषद् बैठकले स्थगित एनओसी खोल्ने निर्णय गरेको हो ।

    बिहीवार सरकारका प्रवक्ता रहेका अर्थ एवं संचार मन्त्री डा युवराज खतिवडाले एनओसी खोल्ने निर्णय भएको जानकारी गराएका हुन् । कोरोना जोखिम बढ्दै गएको भन्दै सरकारले एनओसी रोकेर नयाँ विद्यार्थीलाई विदेश अध्ययनको बाटो बन्द गरेको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णय गरी एनओसी जारी गरिनुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेपछि बैठकले एनओसी खोल्ने निर्णय गरेको हो । यद्यपी अन्तराष्ट्रिय उडान भने बन्द रहेको छ र देशका शिक्षालय समेत बन्द छन् ।

    शिक्षा मन्त्रालयका अनुसार आव २०७५–७६ मा अस्ट्रेलिया, अमेरिका, बेलायत, युरोप, जापान, साउथ कोरिया, भारतलगायत देशमा अध्ययनका लागि कुल ६३ हजार विद्यार्थीले एनओसी लिएका थिए भने २०७६–७७ मा ३२ हजारले लिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...