News Portal

  • शिक्षा तथा मानव श्रोत विकास केन्द्रद्वारा राष्ट्रियस्तरको प्रतियोगिताका लागि निवन्ध माग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,१३ भदाैं
    १९२८ पटक
    भक्तपुर,१३ भदाैं

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रले राष्ट्रियस्तरको निवन्ध प्रतियोगिताको लागि निवन्ध आह्वान गरेको छ । ५४औँ अन्तराष्ट्रिय साक्षरता दिवस, २०२० सेप्टेम्बर ८ को अवसरमा राष्ट्रियस्तरको निवन्ध प्रतियोगिता हुने भएको हो ।

    “सुविधा वन्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँच विस्तार” विषयमा निवन्ध लेखिएको हुनुपर्ने बताइएको छ । प्रिती फन्टमा टाइप गरिएको निवन्ध इमेल मार्फत पठाउनुपर्ने केन्द्रका उपसचिव गेहनाथ गौतमले जानकारी गराए । इमेल पठाउनका लागि केन्द्रले [email protected][email protected]  इमेल ठेगाना उपलब्ध गराएको छ । प्रतियोगितामा जेाकाेही पनि सहभागी बन्नसक्ने बताइएकाे छ ।

    निवन्ध पठाउनका लागि भदौ १५ गतेसम्मको समयसीमा तोकिएको छ भने निवन्ध १५ सय देखि २ हजार शब्दसम्मको हुनुपर्ने प्रावधान राखिएको छ । प्रतियाेगितामा उत्कृष्ट निवन्धलाई पुरस्कृत गरिने बताइएको छ । केन्द्रले जनाएअनुसार प्रथम हुनेलाई १५ हजार दोश्रो हुनेलाई १० र तेस्रो हुनेलाई ७ हजार रुपैया नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

    विस्तृत जानकारीका लागि तलको लिंक खोल्नुहोस्

    bibhag soochana

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...