News Portal

  • नेपाली युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या

    भक्तपुरपोस्ट संवाददाता राैतहट, १६ भदौ
    ५९५ पटक
    राैतहट, १६ भदौ

    रौतहट जिल्लाका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ। ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो।

    सीमावर्ती भारत बिहार घोडाशहन थाना क्षेत्रअन्तर्गत लैन बंसवरिया गाउँ नजीकै पोखरी छेउमा कञ्चटमा गोली हानी हत्या गरिएको अवस्थामा युवक साहको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए। शव परीक्षणको लागि भारत विहारको मोतीहारी अस्पतालमा भारतीय प्रहरीको सहयोगमा लगिएको बताइएको छ।

    हत्याको कारण भन्ने खुल्न नसकेको तथा अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जनाएको छ। ईशनाथ नगरपालिका औरैया गाउँ निवासी सञ्चारकर्मी किशोरी यादवका अनुसार साहको पैसाको लेनदेनको कारण हत्या भएको हुन सक्छ।

    विजय रामको घटनामा तीन प्रहरी निलम्बित

    गरुडास्थित प्रहरी हिरासतमा रहेका दलित किशोर विजयराम हत्या प्रकरणमा एक प्रहरी निरीक्षकसहित तीन प्रहरी निलम्बनमा परेका छन्। प्रहरी हिरासतमा रहेका विजय रामलाई चरम यातना दिएको भन्दै प्रहरी निरीक्षक नवीनकुमार सिंहसहित प्रहरी निलम्बनमा परेका हुन्।

    गरुडा नगरपालिका वडा नं ८ बसविट्टी जिंगडिया बस्ने २० वर्षीय निरञ्जन रामको हत्या भएको घटनामा संलग्न रहेको आशङ्कामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाले विजय रामलाई नियन्त्रणमा लिएको थियो।

    प्रहरी नियन्त्रणमा लिइएका विजयसँग सोधपुछको बहानामा यातना दिएको भनिएको घटनामा संलग्न रहेका इप्रका गरुडामा कार्यरत प्रहरी निरीक्षक सिंह तथा प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नुकुमार सिंहलाई निलम्बन गरिएको प्रहरीबाट थाहा भएको छ।

    प्रतिकृया दिनुहोस्

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...