News Portal

  • यो वर्ष सबै विषयको पढाइ नहुने, भदौ भित्रै नयाँ पाठ्यक्रम आउने

    भक्तपुरपोस्ट संवाददाता१९ भाद्र २०७७
    ८७५ पटक
    १९ भाद्र २०७७

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शैक्षिक सत्रमा विद्यार्थीहरुले पहिले जस्तो सबै विषयका पाठ्यपुस्तक अध्ययन गर्न नपर्ने जनाएको छ । शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने जनाइएको हो ।

    शुक्रवार भर्चुअल सम्बोधन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रम खुम्च्याईए (कस्टमाइजेसन)को बताए । ‘हाललाई अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रमको संश्लेसित कार्यढाँचा जारी गरिने छ,’ मन्त्री पोखरेलले भने, ‘यही भाद्र महिनाभित्र हामी संश्लेसित पाठ्यक्रम (कस्टामाइज्ड पाठ्यक्रम) विद्यालयहरुलाई उपलब्ध गराउने छौं ।’

    अत्यावश्यक कुरा मात्रै राखेर पाठ्यक्रम बनाउन विषयगत टोलीहरूले कार्य प्रारम्भ गरिसकेको पनि उनले जानकारी दिए ।

    मन्त्री पोखरेलले विद्यार्थी विद्यालयसम्म जाने अवस्था नरहेकाले शिक्षक नै विद्यार्थीसम्म पुग्नुको विकल्प नरहेको बताए । उनले भने, ‘विद्यार्थीहरूले घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्री अध्ययन गर्ने, अनलाइन कक्षा लिने मध्ये कुन कुन विकल्प अपनाउन सकिन्छ, सोही विकल्प अपनाएर अध्ययनलाई अघि बढाउनु पर्दछ ।’

    विद्यालयको शैक्षिक सत्र, २०७७ को करिब साढे चार महिनाबितिसकेको अवस्थामाअहिलेको पाठ्यक्रमलाई यथावत रुपमा अघि बढाउन कठिन हुने ठहर गर्दै मन्त्रालयले विद्यालय शिक्षाको पाठ्यक्रमको संस्लेषण (कस्टमाइजेसन) गर्ने निर्णय गरिसकेको मन्त्री पोखरेलले स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...