News Portal

  • पत्रकारलाई दु:ख नदिन ठूला भनिएका सञ्चारगृहलाई प्रेस संगठनको चेतावनी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ भदौ
    १२४९ पटक
    भक्तपुर, २१ भदौ

    पत्रकारहरुको देशकै ठूलो संगठन प्रेस संगठन नेपालको उपत्यका प्रदेश कमिटीले कोभिड १९ का कारण उत्पन्न विषम परिस्थितिमा ठूला भनिएका सञ्चारमाध्यमहरुले नै श्रमजीवी पत्रकारहरुलाई विभिन्न बहानामा दुख दिनु निन्दनीय रहेको बताएको छ । त्यतिमात्र होइन, यस्तो बेला पत्रकारलाई तलबसमेत नदिइ दुख दिनु शोषक र सामन्ती प्रवृत्ति भएको समेत संगठनको भनाइ छ ।

    प्रदेश कमिटीका संयोजक नवराज दाहाल र सहसंयोजक प्रकाश सिलवालले एक विज्ञप्ती जारी गर्दै कोरोेनाको बहानामा रोजगारीको हक कुण्ठित हुनेगरी सेवाबाट हटाउने, आधा तलब दिने, काम गर्न वा नगर्न मनोवैज्ञानिक दवाव दिने दरवन्दी नै नभएका स्थानमा दुःख दिने नियतले सरुवा गर्ने, तोकिएको तलव र पारिश्रमिक समयमा नदिने प्रवृति बढेकोमा त्यसो नगर्न चेतावनी समेत दिएको छ ।

    विज्ञप्तिमा नेपाल पत्रकार महासङ्घ र विभिन्न सञ्चार माध्यममा पीडित पत्रकारले स्वतःस्फूर्तरुपमा सञ्चालन गरेका दबाबमूलक कार्यक्रमप्रति समर्थन र ऐक्यबद्धता व्यक्त गरिनुका साथै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा कोभिड– १९ पछि सञ्चार क्षेत्रमा परेको समग्र असरबारे अध्ययन गर्न गठित  उच्चस्तरीय समितिले पत्रकारको समस्या समाधानमा सकारात्मक पहल गर्ने अपेेक्षा गरिएको  छ ।

    त्यसैगरी कोभिड–१९ का कारण साना लगानीका र स्वरोजगारमूलक मिडियामा परेको गम्भीर असरलाई ध्यान दिँदै यसको रक्षा र विकासका लागि आवश्यक पहल लिनसमेत सरकारसँग माग गर्दै अग्रभागमा रहेर कार्यरत श्रमजीवी पत्रकार जोखिममा रहेकाले पत्रकारलाई सावधानीका स्वास्थ्य परीक्षण र सामग्री निःशुल्क उपलब्ध गराउन माग गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...