News Portal

  • पत्रकार बानियाको परिवारलाई इन्जाको सहयोग

    भक्तपुरपोस्ट संवाददाता२२ भाद्र २०७७
    ८३५ पटक
    २२ भाद्र २०७७

    काठमाडौ । नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल, इन्जाले गत महिना रहस्यमय मृत्यु भएका पत्रकार बलाराम बानियाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

    इन्जा एशियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष बरिष्ठ पत्रकार टंक पन्त, इन्जा ग्लोबलका सचिब दीपक रिजाल , इन्जा एशियाका सचिब दीपु पोख्रेल र इह्रिकनका अध्यक्ष मीना शर्माले बानियाको घरमा पुगेर छोरी सुस्मिता बानियालाई एक लाख रुपिया सहयोग हस्तान्तरण गर्नुभएको छ ।

    आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा इन्जा एशियाका अध्यक्ष पन्तले पत्रकार बानिया लामो समय देखि पत्रकारितामा क्रियाशील हुंदा हुदै रहष्यमय मृत्यु भएकोले त्यसबारे छानबिन गरी परिबारलाई सन्तुष्ठ बनाएमा बानिया प्रति बास्तबिक श्रद्धान्जलि हुने बताउनुभएको छ ।
    अध्यक्ष पन्तले इन्जा ग्लोबलका गुणराज लुइटेल , बरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहाल , उपाध्यक्ष किशोर सापकोटा , बिष्णु शितल लगायत सिगो इन्जा परिबार प्रति आभार ब्यक्त गर्देै बानियाको परिबारको न्यायका लागि आफुहरुले पनि थप पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उहाले बानियाको रहस्मय मृत्युका संबन्धमा राज्यले पनि गभीर रुपमा लिनुपर्ने बताउनुभएको छ ।

    सचिब दिपक रिजालले पत्रकार बानियांको परिबारलाई परेको पीडा प्रति आफुहरु गंभीर रहेको भन्दै मृतक बानियाको मृत्यु के कसरी भएको भन्ने बारेमा राज्यले समयमै ध्यान दिनुपर्ने उल्लेख गर्नुभएको छ ।

    इन्जा एशियाका सचिब दीपु पोख्रेलले पत्रकार बानियाको निधनले आफुहरुलाई पनि स्तब्ध बनाएको भन्दै मृतकका परिबारले न्याय पाउनुपर्ने बताउनुभएको छ ।

    पत्रकार बानियाकी छोरी सुस्मिता बानियाले आफनो बाबा बलराम बानियांको सहज मृत्यु नभएको सरकारले इमान्दापरिपुर्बक छानबिन गर्नुपर्छ भन्नुभएको छ । उहाले बाबा बानियाको हत्या नै भएको कुरा अघिल्लो दिन देखिका घटनाक्रमहरुले प्रष्ट पारेको छ तर राज्यका निकाय र स्वयं पत्रकारहरुले गभीर रुपमा लिएको जस्तो लागेको छैन भन्नुभएको छ ।

    उहांले पत्रकार जो कसैका लागि यस्तो घटना पर्न सक्छ तर पत्रकारहरुले किन आवाज उठाउनुभएको छैन भनी प्रश्न समेत गर्नुभएको छ । उहाले क्रियागरेर फर्केपछि जे गर्नुपर्छ गरौला भनी पत्रकार महासंघ लगायत अन्यले पनि भन्नुभएको थियो तर आफुहरु काजक्रिया गरेर काठमाडौ फर्केपछि बेवास्ता गरेको अनुभुति आफुहरुलाई लागेको गुनासो गर्नुभएको छ ।

    पत्रकार बानियाका दाजु एबं तनहु ब्यास नगरपालिकाका १३ का बडाध्यक्ष रामबहादुर बानियाले आफनो भाइको मृत्यु सहज हुदै नभएको र रहस्यमय ढंगले हत्या भएको भन्दै प्रहरीले इमान्दारितापुर्बक छानबिन गर्नुपर्छ भन्नुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...