News Portal

  • हुम्लामा यसरी बनाइन्छ चिया मदानी

    कर्णबहादुर राेकाया
    ७८४ पटक

    हुम्ला, २ असोज । हुम्ला जिल्लामा पछिल्लो समयमा भोट चिया खाने संस्कारको वृद्धिसँगै चिया मदानीको माग पनि बढ्दो छ । यसले नौनी, सातु, चिया, अण्डा र नुन मिसाएर भोट चिया बनाउनका लागि सस्तो, सजीलो, हल्का र सर्वसुलभ रुपमा पाइने भएकोले चिया मदानीका लागि एचडिआई पाइपबाट चिया मदानी बनाउने काम बढ्दो छ ।

    विभिन्न संघसंस्थाहरु र खानेपानी कार्यालयले घर घरमा चर्पी बनाउन र विभिन्न खानेपानी योजानाका लागि दिएको एचडिआई पाइपबाट चिया मदानी बनाउने काम बढेको कुरा स्याँडाका स्थानीय रत्नलाल बुढाले बताए । यो यताउता लिन पनि सजीलो र हल्का छ र छिट्टै चिया लगाउन पनि सजीलो भएकोले गाउँमा यो प्लाष्टिकको चिया मदानी बनाउक हुम्लीहरु आकर्षित भएको उनको अनुभव रहेको छ ।

    हुम्ला जिल्लामा चिनी राखेको चियाभन्दा पनि नौनी र नुन मिसाएर बनाएको चिया खाने चलन रहेको छ । यसले जाडोमा पानीको आपूर्ति पनि गर्ने र सातु लगायत अन्य खानेकुरा पनि मिसेर खाइने भएकोले यसले स्वास्थ्यमा फाइदा पुग्ने कुरा खगालगाउँ २ जाड्खोल्सीका तोप्चेन लामाले बताए ।

    हाल हुम्ला जिल्लाको करीब नौ हजार घरधुरीमध्ये चार हजार घरमा चिया मखानी भएको र यसमा पनि तीन हजारभन्दा धेरै प्लाष्टिकको चिया मदानी भएको पाइएको छ । यो चिया मदानी जसरी हल्का, सजीलो, सस्तो र सरल छ । तातो चियामा नौनी र नुन मिसाएर चिया बनाउँदा स्वास्थ्यमा प्रतिकुल असर पार्ने भए पनि सचेतनाको अभाबमा यसबारे कसैले पनि सोच्न नसकेको कुरा जिल्ला स्वास्थ्य कार्यालय स्रोतबाट जानकारी पाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...