News Portal

  • माछापालक कृषकलाई गाउँपालिकाको अनुदान

    ११५३ पटक

    बनेपा, १७ असोज । रोशी गाउँपालिका वडा नं. ९ का कुमार लामाले पिन्थलीवेँशीमा ठूलो दूई वटा पोखरी बनाएर माछा पाल्न थालेका छन् । करिब ८ लाखमा माछापालनको संरचना निर्माण पश्चात अहिले सो पोखरीमा माछाका भुरा हालेर हुर्काउने काममा उनी व्यस्त छन् ।

    बजार क्षेत्र ठूलो भएको र त्यहाँ अरु त्यस्तो व्यवसाय नभएपछि माछापालन शुरु गरेको लामाले बताए । सो व्यवसायमा दुईमहिनादेखि दुई जनाले रोजगारी पाएका छन् ।

    कुमार मात्रै होइन त्यसरी माछा पाल्नेमा सोही गाउँपालिका वडा नं. ७ का भीम लामा र वडा नं. ११ का बलराम आलेमगरले पनि व्यावसायिक माछापालन शुरु गरेका छन् । रोशीमा अहिले पिन्थलीवेँशीमा रहेको पोखरीमा ४० हजार माछाका भुरा हालेर माछापालन शुरु गरिएको छ । संरचना निर्माणगरेसँगै पोखरीको क्षमताको आधारमा माछाको भुरा उपलब्ध गरिदिएको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए । त्यस्तै वडा नं. ७ को चारसय फाँटमा ४० हजार र वडा नं. ११ मा १२ हजार माछाको भुरा उपलब्ध गराएको पालिका अध्यक्ष लामाले बताए ।

    गाउँपालिकाले अनुदान दिएपछि यहाँ माछापालन व्यवसाय बढेको हो । “गाउँपालिकाले कार्यक्रम बनाएर प्रोत्साहन गर्ने हो, बाँकी काम कृषक आफैले ‘जसको मन, उसैको संरक्षण’ नारासाथ कृषि क्षेत्रका आम कृषकलाई सहभागिता गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं”, उनले भने, “अहिले माछापालनलाई नगद अनुदानका साथै माछाका भुरा उपलब्ध गराएका छौं ।” पालिका अध्यक्ष लामाका अनुसार माछापालक कृषकमध्ये माछाको भुरासहित कुमार लामालाई ३ लाख ५० हजार र बलराम आलेमगर र भीम लामालाई जनही २ लाख ५० हजारका दरले नगद अनुदान प्रदान गरिएको छ । गाउँपालिकाले स्थानीय कुखुरा, मौरीपालनको लागि घार र उन्नत जातको बाख्रापालनलाई अनुदान दिँदै आएको गाउँपालिका अध्यक्ष लामाले बताए । रासस

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...