News Portal

  • सहुलियत अनुदानले किसान खुशी

    ५४३ पटक

    सप्तरी, १९ असोज । सहुलियत अनुदानमा तरकारीको बीउ तथा धानको गबारो आदिको विषादी वितरण भएपछि कञ्चनरुप नगरपालिकाका किसान खुशी भएका छन् ।

    नगरपालिकाको कृषि विकास शाखाले किसानलाई सहुलियत अनुदानमा तरकारीको बीउका साथै धानको गबारो इत्यादिको विषादी वितरण गर्न थालेपछि किसान खुशी भएका हुन् । अनुदानमा तरकारीको बीउ वितरणले किसानको हित भएको राजकिशोर महतोले बताए ।

    कृषिप्रधान देशमा जनताले अपेक्षा गरेअनुसारको लाभ लिन नसकिरहेको अवस्थामा पाएको अनुदानको सदुपयोग गर्नुपर्ने महतोको भनाइ छ ।

    अहिलेसम्म तरकारीको बीउ ६२६ र विषादी ७८ किसानले लगेर लाभ लिएको कृषि विकास शाखाले जनाएको छ । बीउ र विषादी लाने क्रम जारी रहेको कृषि विकास शाखाका बेचन सढोक यादवले जानकारी दिए ।

    किसानको उन्नति, प्रगतिबिना नगरको प्रगति हुन नसक्ने भएकाले किसानको हितमा नगरपालिकाले काम गरिरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वसन्तकुमार मिश्रले थोरै लगानीमा बढी उत्पादन हुने उन्नत जातको तरकारीको बीउ वितरण गरिएको बताए ।

    नगरपालिकाका अनुसार तरकारीको बीउ रु पाँच लाख ३१ हजार ६७० मा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको छ । कृषि विकास शाखाका यादवले धानको गबारो आदिको विषादी रु दुई लाख १८ हजारमा खरिद गरी २५ प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको छ ।

    गत वर्ष पनि कृषि विकास शाखाले किसानलाई ५० प्रतिशत अनुदानमा तरकारीको बीउ वितरण गरेको थियो ।

    कृषि विकास शाखाबाट वितरण गरिएको बीउ उन्नत जातको भएको र राम्रोसँग उत्पादन हुने विश्वास रहेको किसान हेमप्रसाद अधिकारीले बताए । कृषि विकास शाखाका प्राविधिकहरुले बेलाबेलामा किसानको खेतमा आई तरकारी बालीको निरीक्षण गरी सल्लाह सुझाव दिने गरेकोमा उनले खुशीसमेत व्यक्त गरे । रासस

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...