News Portal

  • शनिवार भक्तपुरमा २०३ जनामा संक्रमण, एकको मृत्यु

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ असोज
    ३९५ पटक
    भक्तपुर, २४ असोज

    देशभर संक्रमित थपिने संख्या पाँच हजार नाघ्दा काठमाडौं उपत्यकामा पनि संक्रमण ह्वात्तै बढेको छ । शनिवार काठमाडौं उपत्यकामा पनि संक्रमित बढेका छन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २१०० संक्रमित थपिएका छन् । ललितपुरका ३६९ र भक्तपुरका २०३ जनामा संक्रमण देखिएको छ ।

    यस्तै पछिल्लो २४ घन्टामा थप ६ जनाको मृत्यु भएको छ । काठमाडौंका ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुष, ललितपुरका ४३ र ४९ वर्षीय पुरुष र भक्तपुरका ६८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका दुई नगरपालिकामा प्रेस सेन्टरको शाखा बिस्तार

    प्रेस सेन्टर नेपालले भक्तपुर जिल्लाका दुई नगरपालिकामा शाखा बिस्तार गरेको छ । बुधवार सूर्यविनायक र...

    विद्युतीय यातायातलाई सरकारले प्राथमिकता दिन्छ : मन्त्री भुसाल

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले प्राथमिकतामा दिने दावी गरेकी छन् ।...

    सेनाले बनायो रातमा पनि अवतरण गर्न मिल्ने हेलिप्याड

    जाजरकोट । जाजरकोटमा नेपाली सेनाले रातमा पनि हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ...

    पुतलीबजारलाई १ का विरुद्ध ८ गोल गरी भक्तपुर बिजयी : मचामसी उत्कृष्ट खेलाडी घोषित

    एन्फाको आयोजनामा काठमाडौंमा सुरु भएको ‘उपमेयर कप’ महिला फुटबल प्रतियोगितामा भक्तपुर नगरपालिकाले स्याङ्जाको  पुतलीबजार नगरपालिकालाई...

    नागरिकका विवरण सुरक्षित हुनुपर्छ : प्रजापति

    भक्तपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण भर्ने सम्बन्धमा रुजु अधिकारीहरुबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।...