News Portal

  • व्यास नगरपालिकामा आइपुग्यो पोर्टेल पीसीआर मेसिन

    ५५४ पटक

    तनहुँ, २५ असोज । कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने पोर्टेल पीसीआर मेसिन तनहुँको व्यासनगरपालिकामा आइपुगेको छ ।

    रोटरी इन्टरनेशनलले आज व्यासनगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेलाई उक्त मेसिन हस्तान्तरण गरेको छ । कोरोना भाइरस सङ्क्रमणको दर तीव्र बन्दै गएपछि नगरपालिकामा पीसीआर मेसिन आवश्यक भएकाले उक्त मेसिन नगरपालिकालाई हस्तान्तरण गरिएको रोटरी इन्टरनेशनलले जनाएको छ । एक स्थानबाट अर्को स्थानसम्म सजिलै लैजान सकिने उक्त मेसिनको मूल्य रु. १२ लाख ५० हजार रहेको बताइएको छ ।

    उक्त मेसिनबाट चौविस घण्टामा ६४ जनाको पिसीआर परीक्षण गर्न सकिने नगरप्रमुख न्यौपानेले बताए । उनका अनुसार उक्त मेसिन दमौली अस्पताललाई हस्तान्तरण गरिने छ । मेसिन आएसँगै जिल्लावासीमा खुशीयाली छाएको बताइएको छ ।

    यसैगरी व्यास नगरपालिका–१ लिचीघारीस्थित क्षेत्री भवनमा क्वारेन्टिन निर्माण गरिएको छ । नजिकिदै गरेको चाडपर्वमा देशविदेशबाट आउने जिल्लावासीलाई लक्षित गरी सो भवनमा व्यवस्थित क्वारेन्टिन निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

    उक्त भवनमा करिब ७० देखि ८० जनासम्म अटाउने क्षमताको क्वारेन्टिन निर्माण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । उनले भने, “स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।” रासस

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...