News Portal

  • ५ हजार बढी प्रहरीका लागि भर्ना खुल्याे : भक्तपुरबाटै फारम भर्ने ब्यवस्था

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० असोज
    १३८५ पटक
    भक्तपुर, ३० असोज

    नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जवान भर्नाको लागि सूचना प्रकाशन गरेको छ । ५ हजार भन्दा बढी प्रहरी प्रहरी जवान भर्ना गर्नका लागि सूचना प्रकाशित भएको हो ।

    शुक्रवार प्रकाशित सूचना अनुसार ५ हजार २ सय २७ जना नयाँ प्रहरी भर्ती गर्नु परेकोले दरखास्त आह्वान गरिएको छ । खुलातर्फ २ हजार ८ सय १७ कोटा तोकेको छ भने अरू समावेशीतर्फ छ। आदिवासी जनजातिका लागि ७ सय ३७ र महिलातर्फ चार सय ४१ जनाको कोटा निर्धारण गरिएको छ ।

    प्रहरी जवान पदमा दरखास्त दिन ७७ वटै जिल्लाका प्रहरी कार्यालयमा ब्यावस्था मिलाइएको बताइएको छ । कक्षा आठ वा सो सरह उतीर्ण गरेका, १८ वर्ष पूरा भई २३ वर्ष उमेर ननाघेका, तौल, उचाइ र स्वास्थ्यका मापदण्ड पुगेकाले फारम भर्न सक्ने सूचनामा भनिएको छ । बिस्तृत विवरणका लागि शुक्रवारको गोरखापत्र हेर्नुहोला । भक्तपुरको महानगरीय प्रहरी परिसरमा दरखास्त लिन र बुझाउन ९८५१२ ८३०२० मोबाइल नम्बरमा सम्पर्क गर्नसकिने बताइएको छ ।

    हेर्नुस सूचना

    https://gorkhapatraonline.com/viewer?file=https://gorkhapatraonline.com/ArchiveNewsFile/5f88e6728f312_gopa_pdf.pdf

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...