News Portal

  • बालगृहमा अलपत्र ११ बालबालिकाको उद्धार

    ७३७ पटक

    हुम्ला, ५ कार्तिक । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ ।

    काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हिमाली नवीन समाजले ती बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।

    उद्धार गरिएकामध्ये सात बालबालिकालाई जिल्ला बाहिर नेपालगञ्ज, काठमाडौँमा रहेका आफन्तलाई बुझाइएको छ भने बाँकी हुम्लाका चार जनालाई परिवारसँग पुनःमिलन गराइएको छ । गाउँका नातेदारले १२ कक्षासम्म निःशुल्क पढाइ दिने भन्दै रु ४० हजारसमेत लिएको खुलासा भएको छ ।

    कमजोर आर्थिक अवस्थाका कारणले गर्दा कपी, कलमसमेत किन्न नसक्ने अवस्थामा भएपछि आफन्तले कुनै बालगृहमा लगिदिन्छु भनेपछि मेरो छोरालाई विश्वास मानेर पठाएको हुम्लाका अदानचुली गाउँपालिका–५ का कुल टमटाले बताए ।

    जोखिम अवस्थामा बालगृहमा रहेका ती बालबालिकालाई बूढानीलकण्ठ नगरपालिका वडा नं ११ ले उद्धार गरी हिमाली नवीन समाज संस्थालाई जिम्मा लगाएपछि उनीहरुलाई घरपरिवारसँग पुनःमिलन गराएको समाजका पारिवारिक पुनःमिलन अधिकृत मङ्गल लामाले बताए ।

    हुम्लाबाट बालबालिका ओसारपसार हुन नदिनका लागि सरकारी निकाय, नागरिक समाज, स्थानीय तह र अभिभावकले पनि यसमा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले आग्रह गरे । जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रजिअ गिरी, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शाही, सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष नरबहादुर भण्डारीलगायत अभिभावकको उपस्थितिमा बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ । रासस

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...