News Portal

  • विभिन्‍न मुद्दाका २६ फरार अभियुक्त पक्राउ

    रासस
    ८१६ पटक

    तनहुँ, १७ कार्तिक । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्‍न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका म्याग्दे गाउँपालिका ३ का ३१ वर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ ।

    उनीविरुद्ध उच्च अदालत पाटनले २०७६ चैत २ गते सात दिन कैद र ६ लाख ६७ हजार रुपैयाँ जरिवाना हुने गरी फैसला गरेको भएको थियो । उच्च अदालतबाट तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका निज भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो ।

    त्यसैगरी साधारण चोरी मुद्दामा फरार रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका ३ का सन्तोष खंग र सोही नगरपालिका ९ का माइकल भन्‍ने सन्तोष गौतमलाई प्रहरीले पक्राउ गरेको छ । खंगविरुद्ध तनहुँ जिल्ला अदालतले २०७६ असार ८ गतेको फैसलाले दुई वर्ष दुई दिन कैद, २२ हजार पाँच सय रुपैयाँ जरिवाना र गौतमउपर दुई वर्ष दुई महिना चार दिन कैद र २२ हजार पाँच सय रुपैयाँ जरिवाना ठहर गरेको थियो । ती दुवै व्यक्ति अदालतबाट फैसलापश्चात तोकिएको कैद र जरिवाना भुक्तान नगरी फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

    त्यसैगरी जारी मुद्दामा तनहुँ जिल्ला अदालतको २०७१ मङ्सिर ७ गतेको फैसलाले जनही एकरएक महिना कैद र एक हजार रुपैयाँ जरिवाना तोकिएका भानु नगरपालिका ६ का विमल थापा मगर र उनकी पत्‍नी सञ्जु थापा मगर पक्राउ परेका छन् ।

    त्यस्तै करकाप मुद्दामा फरार आठ, लिखत बेइज्जती मुद्दामा फरार छ, लागु औषध मुद्दामा फरार एक, गाली बेइज्जती मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक, नाता कायम मुद्दामा फरार एक, सम्बन्धविच्छेद मुद्दामा फरार एक र जारी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी एकाइ कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा चार वर्ष चार महिना १३ दिन कैद र सात लाख १६ हजार ६२० रुपैयाँ जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

    अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्यलाई तनहुँ प्रहरीले तीव्रता दिँदै आएको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...