News Portal

  • हुम्लामा दुई अर्बको चर्पी तर गाउँघर अझै दिसायुक्त

    कर्णबहादुर रोकाया
    १२८६ पटक

    हुम्ला, १४ मंसिर । हुम्लामा हालसम्म करीब १० हजार ५ सय चर्पी निर्माण गरिएको सरकारी आँकडा रहेको छ । करीब तीन वर्ष अघि दिसामुक्त जिल्लाको रुपमा घोषणा भए पनि गाउँघरको पछिल्लो अवस्था हेर्दा दुर्गन्धले छिछि र दुरदुर गर्ने अवस्था रहेको छ ।

    हुम्लाको साविकको २७ गाविस र हालको सात गाउँपालिकाको अवस्था हेर्दा हुम्लामा हालसम्म १० हजार ५ सय चर्पी निर्मााण भएका छन् । हुम्लामा चर्पी बनाउनका लागि एक लाखदेखि पाँच लाखसम्म पर्ने गरेको छ । सालाखाला प्रति चर्पी दुई लाखका दरले हिसाब गर्ने हो भने हाल हुम्लामा दुई अर्बभन्दा धेरैको चर्पीमा लगानी भएको जानकारी खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख नवाङ्ग लामाले जानकारी दिएका छन् ।

    उनले भने संघीयताका कारण तीन तहको सरकारको व्यवस्थापन भएकाले पनि हाल चर्पीको तथ्याङ्क एकीन नभए पनि जिल्लाको चर्पीको अवस्था सन्तोषजनक छैन ।

    संयुक्त राष्ट्संघले सन् २०३०सम्मको लक्षित कार्यक्रम अनुसार विश्वव्यापी दीगो विकासको लक्ष्य पुरा गर्ने एक महत्वपूर्ण सूचक भएकाले पनि शौचालय सबैको लागि निर्माण एक अनिर्वाय र अपरिहार्य काम मानिएको छ । यसलाई अझै राम्रो र गुणस्तर बनाउनका लागि सरकारी र अन्र्तराष्ट्यिस्तरमा विभिन्न प्रकारका नीतिगत कुराहरूको तय र तर्जुमा गरिएको छ ।

    हाल हुम्ला जिल्लाको अवस्थालाई हेर्दा यी सूचकहरू वरिपरि पनि पुग्न नसक्नु विकासको स्थानीय सूचकहरूलाई उपेक्षा गर्नु हो भन्ने अनुभव हुम्लाका युवा मानवशास्त्री राजबहादुर रोकायाको रहेको छ ।

    हाल विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिसहरू शौचालयको पहुँच बाहिर रहेको आंकडा विश्व स्वास्थ्य संगठनको रहेको छ । तापनि यसलाई संख्यात्मक र गुणात्मक दुबै कुराको समायोजन गर्नु गराउनु आजको आवश्यकता रहेको छ ।

    यसैले पनि हुम्ला जिल्लामा तीन तहको शासकीय व्यवस्था अनुसार करोडौं रकम स्वास्थ्य र सरसफाइका लागि खर्च भए पनि पछिल्लो कार्यगत कनिका छर्ने प्रवृत्तिले भएका कुराहरू पनि छिन्नभिन्न हुने अवस्था देखिएकाले यसलाई समन्वयात्मक ढंगले एकीकृत रुपमा विकास विस्तार गर्नु गराउनु नै आजको आवश्यकता हो ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...