News Portal

  • आधा घण्टामै नतिजा आउने ‘एन्टिजेन विधि’बाट नेपालमा कोरोना परीक्षण सुरू

    भक्तपुरपोस्ट संवाददाता
    ७५० पटक

    काठमाडौं, १५ मंसिर । सरकारले कोरोना परीक्षण गरेको आधा घण्टामा नै रिपोर्ट आउने एन्टिजेन विधिबाट परीक्षण सुरु गरेको छ।

    काठमाडौँको अनामनगर लगायतका विभिन्न स्थानमा सुरू गरिएको यो विधीको परीक्षणबाट तुरुन्तै नतिजा आउने छ । संक्रमितको शरीरमा विकास हुने एन्टिबडीसँगै पीसीआरले झैँ जीवाणु छ कि छैन भनेर पत्ता लगाउन र्‍यापिड टेस्ट किटमार्फत गरिने परीक्षण ‘एन्टिजेन’ सुरू भएको हो ।

    इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।वासुदेव पाण्डेका अनुसार डब्ल्युएचओको सहयोगमा यो विधीबाट परीक्षण थालिएको हो । यसको ‘सेन्सिटिभिटी’ राम्रो रहेकाले यो परीक्षण विश्वसनीय रहेको उनले जनाए ।

    काठमाडौं उपत्यकामा आजदेखि हरेक दिन ५ सय जनाको एन्टिजेन विधिबाट परीक्षण सुरू हुनेछ । उपत्यकामा यो प्रभावकारी देखिए मास स्क्रिनिङ पनि सुरू हुनेछ । यसको प्रयोग सुरक्षाकर्मीका ब्यारेक तथा स्कूल कलेजमा पनि गर्ने योजना छ ।

    हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर ४, ७ र ९ मा आजदेखि एन्टिजेन परीक्षण थालिएको उनले जानकारी दिए। महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा एन्टिजेन परीक्षण सुरु गरिएको छ ।

    एन्टिजेन परीक्षण विधि अमेरिका, दक्षिण कोरिया लगायतका मुलुकले अवलम्बन गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...