News Portal

  • के हो हनी ट्रयाप ? हनी ट्रयापमा संलग्न महिलाहरु प्रहरीको फन्दामा

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट काठमाडाैं, ५ चैत २०७७
    २६४९ पटक
    काठमाडाैं, ५ चैत २०७७

    शरीरको आकर्षणमा फसाएर आफ्नो स्वार्थ साध्ने कला हो — हनी ट्रयाप । प्राय: हनी ट्रयापमा महिला शरीरको सुन्दरतालाई हतियारको रुपमा प्रयोग गरिन्छ र पुरुषलाई जालमा पारिन्छ । शारीरिक आशक्तिका कारण पुरुष पहिलाको मुट्ठीमा सजिलै आउछ । सेक्सको लोभमा पुरुषलाई पारेर योजनावद्ध रुपले उसलाई आफूअनुकूल ठाउँ र अनुकुल समय फसाइन्छ र स्वार्थ पूर्ती गरिन्छ ।

    रुपवती र कामुक युवतीहरु हनी ट्रयापका लागि प्रयोग गरिन्छन भने कतिपय युवती योजनाकारसमेत हुन्छन । आगोको अघि घिउ पग्लिए झैँ पुरुषहरु ती युवतीको कामुकतामा मन्त्रमुग्ध बन्छन र बिस्तारैबिस्तारै उनीहरुको जालमा परेर उम्कन नसक्ने गरी फस्न पुग्छन ।
    यस्तै हनी ट्रयापमा पारी ब्ल्याकमेल गर्ने एक ग्याङ्ग प्रहरीको फन्दामा परेको छ ।

    पुरुषलाई भेट्न बोलाई कोठामा संगै बसी उक्त संगै बसेको भिडियो गोप्यरूपमा साथिलाई रेकर्ड गर्न लगाई सोही भिडियो म्यासेन्जर मार्फत पिडितलाई पठाएर ब्ल्याकमेलिङ गरी पटक-पटक IME मार्फत लाखौं रकम लिने गिरोहलाइ प्रहरीले पक्राउ गरेको हो।

    घटना विवरण :- कोटेश्वर बस्ने एक पुरुष ब्यक्तीलाई ललिता भन्ने लालसरी शाही नाम बताउने महिलाले सुन्धारा स्थित गेष्ट हाउसमा भेट्न बोलाई कोठामा संगै बसी उक्त संगै बसेको भिडियो गोप्यरूपमा साथिलाई रेकर्ड गर्न लगाई सोही भिडियो म्यासेन्जर मार्फत पिडितलाई पठाएर ब्ल्याकमेलिङ गरी पटक-पटक IME मार्फत लाखौं रकम लिने कार्यमा संलग्न व्यक्तिहरूलाई यस अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले काठमाण्डौको विभिन्न स्थानहरूबाट घट्टेकुलो बस्ने कल्पना हमाल समेतलाइ आज प्रहरीले सार्वजनिक गरेको हो।

    लालसरी शाहीले संस्थागत कामको शिलसिलामा विगत १ वर्ष देखि चिनजानमा रहेको कोटेश्वर बस्ने ५२ वर्षको एक पुरूष ब्यक्तिलाई आफू.सुन्धारा स्थित होटलमा बसेको समयमा सबै पैसा हराएको कारणले समस्यामा परेको हुँदा सहयोग गरिदिनको लागि अनुरोध गरेकी थिइन् । सो अनुरोध बमोजिम के भएको रहेछ भनि भेट्न जाँदा होटलको कोठामा नै बोलाई कोठामा जानासाथ निज महिलाले उक्त पुरूषको नजिक गई हात समाउने लगायतको काम गरेको समयमा महिलाको साथीले भिडियो खिचेको, त्यसपछि भनेजति पैसा नदिए घरपरिवार साथै प्रहरीमा समेत उजुरी गरी फसाई दिने भन्दै रकम माग गर्न थालेको प्रहरीको भनाइ छ । पटक-पटक गरी रू.३ लाख २ हजार ५ सय लगि सकेको बुझिएको र थप रू.८ लाख माग गरेकोले आफू ब्ल्याकमेलिङमा परेको थाहाँ पाए पश्चात:महाशाखाको कार्यालयमा  पिडित पुरुषले उजुरी दिएका थिए।
    हाल पक्राउ परेका महिलाको समूहले यस्तै प्रकारको कार्यविधि अपनाई ब्ल्याकमेलिङ गर्ने हेतुले भिडियो बनाउने, रकम माग गर्ने, रकम पाउन छोडे पश्चातः भिडियो भाईरल गराई बदनाम गराउने तथा ज.ज.क.को मुद्दा लगाउने सम्मको डर त्रास देखाई पुनःरकम असुल गरेको खुलेको महाशाखाले जनाएको छ ।

    अपराधमा संलग्न भएको आरोपमा निजहरुलाई प्रारम्भिक अनुसन्धान पश्चात: थप अनुसन्धानको लागि परिसर, काठमाण्डौ पठाईएको बताइएको छ ।

    पक्राउ परेका लालसरी शाहीले राजु धिताललाई २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा सम्मानित बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजायको फैसला भएकोमा ७ वर्ष जेल बसी सम्मानित उच्च अदालत, बाँकेको फैसलाले २०७४।०८।२२ गते रू.१ लाख धरौटीमा छुटेको खुल्न आएको छ । लालसरी शाही र कल्पना हमालले.सुर्खेत, विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई निजको विरुद्धमा मिति २०७७।०६।०६ गते ज.ज.क.मुद्दामा जाहेरी दिएकोमा उक्त जाहेरी झुठ्ठा ठहरिएकोले लालसरी साही उपर सम्मानित सुर्खेत जिल्ला अदालतबाट ३ वर्ष ६ महिना जेल सजायको फैसला भएको अर्को तथ्य खुल्न आएको महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...