News Portal

  • शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्न सरकारको आदेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ चैत
    १००६ पटक
    भक्तपुर, १६ चैत

    शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका विद्यालय चारदिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले सोमबार एक बिज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

    मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको बिज्ञप्तिमा बताइएको छ ।तर, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षा यो निर्णयले प्रभावित नहुने बताइएको छ ।

    केहि दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था चैत २० सम्म बन्द गर्ने निर्णय गरेको हो । मन्त्री श्रेष्ठले मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका छन् ।

    यो निर्णय संगै भोलि मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द हुने भएका छन् । मन्त्रालयले विदाको अवस्थामा बालबालिका घर भित्रै बस्ने वातावरण मिलाउन समेत आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...