News Portal

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति विद्यार्थी संघको विरोध

    अनिल श्रेष्ठभक्तपुर, २४ चैत्र
    ११५८ पटक
    भक्तपुर, २४ चैत्र

    नेपाल आयल निगमले २०७७ साल चैत्र २३ गतेबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्य वृद्धिको विरोधमा नेपाल क्रान्तिकारी विद्यार्थी संघले विरोध एवम् भत्र्सना गरेको छ ।

    नयाँ वर्ष २०७८ साल शुरु हुनु अगावै निगम घाटामा परेकोे दावी दोहोर्‍याउँदै २ महिनायता तेस्रो पटक मूल्य वृद्धि हो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि सँगै दैनिक जीवनका उपभोग्य वस्तुहरुको पनि मूल्य वृद्धि हुने निश्चित छ । मूल्य वृद्धि तत्काल फिर्ता गर्न र निगम भित्रको अनियमितता नियन्त्रण गरी आर्थिक अनुशासन कायम गर्न नेक्राविसंघले विज्ञप्तिमा भनेको छ ।

    उक्त विज्ञप्तिमा “घाटामा रहेको निगमले वर्षेनी आफ्ना कर्मचारीलाई बोनस बाँडेको छ, सेवा सुविधा बाँडेको छ । निगम सुक्दै आउनु तर त्यहाँका कर्मचारी र कालाबजारीहरु मोटाउँदै जानुको कारण निगम भित्रको भ्रष्टाचार नै हो भनि उल्लेख गरको छ । निगमका भ्रष्टाचारी र कालाबजारीहरुलाई कडा कारबाही गर्न पनि संघले सरकारको ध्यानाकर्षण गरेको छ । ”
    “नेपाल सरकारले इन्डियन आयल कर्पोरेशन  संग मात्रै पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । सरकारले छिमेकी देशहरु चीन, बंगलादेश, पाकिस्तान र अन्य मित्र देश बाट पनि पेट्रोलियम पदार्थ खरिद गर्नुपर्छ । सरकारले वैकल्पिक ऊर्जाका स्रोत,विद्युतीय गाडी सञ्चालन, जलविद्युत र सौर्य ऊर्जा लगायतलाई जोड दिनु आवश्यक छ । भारतीय नाकाबन्दीको समयमा चीनबाट पेट्रोलियम पदार्थ अनुदान लिएको सरकारले पेट्रोलियम पदार्थ भारतबाट मात्र खरीद गर्ने सम्झौता गर्नु भारतीय एकाधिकार पुँजीको पञ्जामा पर्नु हो । नेपालका नदीनालाहरु भारतलाई सुम्पेर नेपाल जलविद्युत माधनी बन्न सक्दैन भनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

    नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाली जनताको ढाड भाँच्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्व फिर्ता नेपाल क्रान्तिकारी विद्यार्थी संघले माग गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...