News Portal

  • शिरमा देश र मनमा मधेश : प्रदेश प्रमुख अहिराजका १२ काम

    भक्तपुरपोस्ट संवाददाता जनकपुरधाम, १३ साउन २०७८
    ७११ पटक
    rajesh ahirajजनकपुरधाम, १३ साउन २०७८

    प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको बताएका छन् । जन्मभूमि प्रदेश २ को प्रदेश प्रमुखको रूपमा रहेका उनले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको बताएका हुन् ।उनले प्रदेश प्रमुख दलको नभई देशको हुनुपर्नेमा जोड दिंदै आफू सोही मान्यता अनुसार अघि बढिरहेको बताए ।

    ‘देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभावसहितको समाज, जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज अशान्त र नागरिक असुरक्षित हुनसक्छ, त्यसैले प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ ।’ पदभार ग्रहण गर्दाखेरि उनले गरेको प्रतिवद्धताबाट आफू कत्ति पनि बिचलित नभएको उनले बताए ।

    उनले प्रदेश २ भित्र रहेका विविधता, संस्कृतिको रक्षा, पहिचानको सम्मान, सद्भाव, विश्वास, देशप्रेम, भाइचारा र नागरिकमैत्री सरकार निर्माण गर्दै जानुपर्ने आवश्यकतामाथि जोड दिँदै आएका छन् । देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापन, सवलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको उनको भनाइ छ ।

    चन्द्रनिगाहपुर–लमाहाको बीचमा पर्ने लच्का नजिकै ना ५६ प ७३६५ र बिआर ३०जे ९३९७ नम्वरको दुई वटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा मकवानपुर झझली गाउँपालिका २ का सुरज पहरी, पर्सा गढी नगरपालिका ३ का जीतबहादुर पहरी, सर्लाही मंलगवा नगरपालिका ८ का विकास यादव र उनका श्रीमती चित्ररेखा यादव घाइतेलाई प्रमुख अहिराजले गाडीमा आफ्नो सुरक्षाकर्मी साथै पठाएर चन्द्रपुर अस्पतालमा उपचार गराएका थिए । घाइतेलाई उपचारका लागि पठाएपछि मात्र उनी घटनास्थलबाट हिँडेका थिए । त्यसैगरी, कर्णाली प्रदेश भ्रमणको क्रममा ट्याक्टर दुर्घटनामा घाइते भएका चालकलाई समेत उद्धार गरी अस्पतालमा पु¥याएका थिए । मानिसहरुले उनको नागरिकप्रतिको उत्तरदायित्व बहन गरेको भन्दै प्रशंसा गरेपनि कतिपयले प्रमुख अहिराजले प्रचार स्टन्ट गरेको भन्दै आलोचना पनि गरे ।

    ‘नागरिकको जीवन रक्षाभन्दा ठूलो मेरो कुनै जिम्मेवारी छैन’, उनले भने,‘मेरो लागि नागरिकको ज्यान ठूलो हो । कार्यक्रम होइन । मैले सडकमा उपचारका लागि छटपटिएकाहरुलाई बचाउन पाए त्यही नै ठूलो कुरा हो ।’ उनले देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश २ मा सामाजिक विभेद अन्त्य गरी राष्ट्रिय एकतामा निरन्तर बल पु¥याउने कुरामा विशेष जोड दिँदै आएका छन् ।

    समानुपातिक समावेशितामा विशेष जोड
    जेठ २८ गते प्रदेश प्रमुख अहिराजले मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धान्त अनुसार नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई ध्यानाकर्षण गराउँदै असन्तुष्टि व्यक्त गरेका थिए । संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीको व्यवस्था अनुसार नै मन्त्रिपरिषद गठन गर्नुपर्ने भन्दै केही दिनअघि गरिएको मन्त्रिपरिषद विस्तार त्यसअनुरुप नभएको भन्दै उनले मुख्यमन्त्री राउतलाई पत्र लेखी आफ्नो असन्तुष्टि रहेको जनाए ।

    पत्रमा उनले ‘प्रदेश मन्त्रिपरिषदको गठन माननीय मुख्यमन्त्रीज्यूको सिफारिस बमोजिम नै हुने भए पनि प्रदेश प्रमुखको हैसियतमा मैले गर्ने भएकाले मन्त्रिपरिषदको स्वरुप संविधान बमोजिम भए नभएको भन्ने सवालमा मेरो चासो र सरोकार स्वाभाविक र जायज भएकोले यो स्मरणपत्र लेखिएको हो’ भनेका थिए ।

    प्रदेश प्रमुख अहिराजले मन्त्रिपरिषदमा गैरमधेशी, मुस्लिम, दलित र महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व नभएको उल्लेख गर्दै प्रदेशभित्रको जनघनत्व, सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउनु प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने स्मरण गराएका थिए । ‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेशी लगायतका पक्षलाई समानुपातिक समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ,’ प्रदेश २ प्रमुखले मुख्यमन्त्रीलाई पठाएको पत्रमा लेखिएको थियो ।

    जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले हालै जसपाकै महन्थ ठाकुर पक्षका मन्त्रीलाई सरकारबाट हटाई नेपाली कांग्रेसबाट ३ जनालाई मन्त्री नियुक्त गरेका थिए । मन्त्रिपरिषदमा आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव मात्र महिला थिइन् । मन्त्रिपरिषद्को उक्त विस्तारको सन्दर्भमा प्रदेश प्रमुख अहिराजले पत्र लेखेपछि माओवादी केन्द्रको तर्फबाट दुई मन्त्री पठाउँदा एक जना महिला रुबी कर्ण आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीमा नियुक्त भइन् ।

    अधिवक्ता राजकुमार महासेठ र अमित कुमार पण्डितले नेपालको संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन एवं सार्वजनिक सरोकारको रुपमा रहेको मौलिक हक समेतको कार्यान्वयनको लागि अन्य कुनै वैकल्पिक एवं प्रभावकारी कानूनी व्यवस्थाको अभावमा नेपालको संविधान २०७२ को धारा १(२), १८, ३८(४), ४२(१), ४०(१), ५६(३), १६८(९), १४४ र न्याय प्रशासन ऐन २०७३ को दफा ८ बमोजिम रिट निवेदन दर्ता गराएका थिए ।

    प्रदेश २ प्रमुख अहिराजले प्रदेशमा समावेशिताको मुद्दा उठाएसँगै प्रदेश सरकारले अनुसरण गर्न थालेको छ । २०७२ असोज ३ गतेबाट लागू भएको संविधान समावेशी र समानुपातिक नभएको मधेशी दलहरुले दाबी गर्दै आएको छ । उनीहरुले समावेशी र समानुपातिकको मुद्दा उठाउँदै आएका छन् । मधेश आन्दोलनको बलमा बनेको प्रदेश २ को सरकारले समावेशी र समानुपातिकको मुद्दालाई वेवास्ता गर्दै आइरहेको छ । उसले कुनै पनि तहमा समावेशी र समानुपातिकलाई प्राथमिकथामा राखेन । त्यसै कारण प्रदेश २ मा विस्तार भएको पछिल्लो मन्त्रिपरिषद्को विषयमा प्रदेश २ प्रमुखले स्मरण गराउन बाध्य भएका थिए ।

    जब प्रदेश प्रमुख झाले समावेशी र समानुपातिकको विषयमाथि सवाल खडा गरे अनि मात्र प्रदेश सरकारको आँखा खुल्यो । परिणामस्वरुप उसले प्रदेश नीति तथा योजना आयोगमा २ जनालाई नियुक्त गर्दै समावेशी र समानुपातिकको सिद्धान्तलाई अनुसरण गरे । नियुक्ति पाउनेमा सिरहाको मिर्चैया नगरपालिका–२ का डा.वैद्यनाथ महतो र धनुषाको मिथिला नगरपालिका– ६ बस्ने प्रमिलाकुमारी सिंह छन् ।

    जसपा भित्रको आन्तरिक कलहका कारण प्रदेश नीति तथा योजना आयोगले पूर्णता नपाइरहेका बेला २ जनालाई भने नियुक्त गरिएको हो । यसअघि २०७६ भदौ २२ गते आयोगको उपाध्यक्ष प्रा.डा.भोगेन्द्र झा नियुक्त भएका थिए । उनको कार्यकालपछि आर्थिक वर्ष २०७४÷७५ मा एक उपाध्यक्ष र एक सदस्य नियुक्त भएका थिए । जसको नेतृत्व डा.हरिवंश झाले गरेका थिए । २०७५÷७६ मा ३ सदस्य थप भई पदेन समेत गरी ७ सदस्यीय आयोग गठन भएको थियो । तत्कालीन उपाध्यक्ष रहेका डा.झासहित अन्य सदस्यहरुलाई काम गर्न नसकेको भन्दै हटाइएको थियो । त्यसपछि सदस्यहरुको नियुक्ति भएको थिएन ।

    यसैगरी समावेशी र समानुपातिकको सिद्धान्तलाई आधार मानेर प्रदेश २ सरकारले आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा रिक्त सदस्यको पदपूर्ति गरेको छ । प्रदेश सरकारले आमसञ्चार प्राधिकरणमा दुई र मिडिया काउन्सिलमा चार जनालाई सदस्यमा नियुक्त गरेको छ ।

    प्रदेश मिडिया काउन्सिलको सदस्यमा कैलाश दास (धनुषा), अर्जुन मण्डल (धनुषा), रिंकु मिश्र (धनुषा) र बन्दना झा (सर्लाही) लाई नियुक्त गरिएको छ भने प्राधिकरणको सदस्यमा अमरेन्द्र यादव (सप्तरी) र प्रतिमा चौधरी (बारा)लाई नियुक्त गरिएको हो । प्रदेश २ सरकारले सञ्चार क्षेत्रमा तीन पदाधिकारीलाई यसअघि नै नियुक्त गरिसकेको छ । त्यसैगरी प्रदेश सरकारले चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको सदस्यमा गत वैशाख १० गते अशोक दत्त, पुष्पा यादव र बिएम पटेललाई नियुक्त गरेको थियो ।

    सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई गत माघ २३ गते नै प्रदेश सरकारले नियुक्त गरेको थियो । श्यामसुन्दर र शिवहरि सप्तरीका हुन भने मोरबैता सिरहाका हुन् ।

    प्रदेश प्रमुखको पदभार ग्रहणपछि उनले देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश नं. २ को विविधतालाई अवसरको रूपमा लिने, अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश नं. २ लाई सकारात्मक रूपमा उदाहरणीय बनाउने कार्यमा बल पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए । आन्तरिक विभेद, असुरक्षा, कुनैपनि खाले दम्भ, अहंकार, दमन र अपराधलाई समाधान गर्दै जाने उनको ध्येय देखिएकोा छ । उनले भनेका छन्, युवामुक्त समाज, बालीमुक्त कृषि, भययुक्त भविष्य, सम्मानमुक्त जीवनले दीर्घकालीन पीडा दिन्छ । समभावमा आधारित समाज, देशप्रेमसहितको सोच, सवल नागरिक र गौरवान्वित भविष्यसहितको प्रदेश निर्माणमा मेरो भूमिका रहनेछ ।’

    सामाजिक विभेद अन्त्य गरी राष्ट्रिय एकतामा निरन्तर बल पु¥याउन सक्नुपर्छ । प्रदेशभित्र प्रत्येक नागरिकले पूर्ण सुरक्षाको अनुभूति गर्न पाउनुपर्छ । प्रत्येकको भूमि, भावना र भविष्यको सुनिश्चितता प्रदान गर्न हामी सबैले बल पु¥याउनुपर्छ । प्रदेश नं. २ मा सुशासन, सद्भाव, समभाव र समृद्धि कायम गर्न÷गराउन आफ्नो पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता जाहेर गरेका छन् ।

    हाम्रो देशको सीमा सुरक्षित रहोस् : प्रदेश प्रमुख डा.अहिराज

    प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले नेपालको सीमाक्षेत्र सुरक्षित रहनुपर्ने बताएका छन् । सीमाक्षेत्रको अवस्था बुझ्नुका साथै भ्रमण निरीक्षण गर्ने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सिमानाको अवस्था, सिमा क्षेत्रमा बसोबास गर्दै आएका नागरिकका समस्या, स्तम्भहरुको अवस्था र सीमा सुरक्षाको स्थितिबारे स्थलगत निरीक्षण गरेका हुन् । सर्लाही जिल्लास्थित संग्रामपुर, त्रिभुवन नगर, भाडसर, फेन्हारा र मधुबनी लगायतका स्थानहरुमा पुगी सीमाक्षेत्रबारे जानकारी लिएका थिए ।

    यसैगरी, प्रदेश प्रमुख डा.अहिराजले बाढीपहिरोबाट हुन सक्ने क्षति, सचेतनाको प्रयास, पूर्वतयारी, सीमाक्षेत्रका नागरिकहरुको समस्या बुझ्न स्थलगत निरीक्षणसमेत गरेका थिए । सर्लाहीको अधिकान्श सीमाक्षेत्रको अनुगमन र जनताको पीडा नजिकबाट बुझ्ने प्रयास गरेको उनले बताए ।

    साथै, सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीमा वृक्षरोपण कार्यक्रम पनि गरेका थिए । सशस्त्र प्रहरी नायब महानिरीक्षक सिपि गौतम, नेपाल प्रहरीको नायब महानिरीक्षक उमेश रन्जितकार, पत्रकार महासंघ सर्लाहीका सभापति टंक क्षेत्री लगायतले वृक्षारोपण गरेका थिए ।

    प्रदेश प्रमुख डा.अहिराजको प्रशंसनीय कार्यहरु
    # मन्त्रीहरुको शपथ ग्रहण अनिवार्य नेपाली भाषामै गराउन बाध्य बनाए ।
    # मन्त्रिमण्डलमा महिलासहितको समावेशी हुनुपर्छ भनेर प्रदेश सरकारलाई दबाब दिए ।
    # देशका सीमा स्तम्भ निरीक्षण गर्न सीमा क्षेत्रमै पुगे ।
    # विधिसंवत् नभएका दुई विधेयक लिखित सुझावसहित फिर्ता पठाए ।
    # प्रदेश सरकारलाई समावेशी बनाउन लिखित पत्राचार गरे ।
    # सडकमा भेटिएका घाइतेको उपचारका लागि आफ्नै सवारीसाधन पठाए ।
    # जातीय र सामुदायिक अतिवादलाई न्यून गर्दै समभावमा आधारित समाज निर्माणको पहल गरे ।
    # शिरमा देश मधेशमा मन राखेर काम गर्न सबैलाई निर्देशन दिएर आफूले पनि गरे ।
    # निजी स्वकीय सचिवालय नराखेर राज्यको पैसा जोगाए र निजामती कर्मचारीमै विश्वास राखे ।
    # नागरिकको सुुखदुख बुझ्न घरआँगनमै पुगे, किसानको पीडा बुझ्न खेतमै पुगे र विद्यार्थीको पीडा बुझ्न विद्यालयमै पुगे ।
    # अनाथ र दुखी पीडितलाई आफ्नै तलबबाट राहत वितरण गरे ।
    # कार्यालयका करारमा रहेका सहयोगी र चालकलाई आफ्नो तलबबाट २०/२० लाखको जीवनबीमा गराईदिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...